७ पुस २०८२, सोमबार | December 22, 2025

औषधी व्यवसायीको स्थापना दिवसमा रक्तदान



बुटवल । नेपाल औषधी व्यवसायी संघ, रुपन्देही जिल्लाले आफ्नो स्थापना दिवस वृहत रक्तदान गरि मनाएको छ ।

संघको ४९ औं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रमको संघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गर्दै संस्थागत विकाससंगै सामाजिक हकहितमा आफुहरु निरन्तर लागेको बताए । रुपन्देहीमा नै पुरानो संस्थाको सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल भएको उनले बताए ।

कार्यक्रममा विशेष सल्लाहकार डा रोहित राज क्षेत्रीले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व वहन हुने गरि कार्यक्रम गर्दै आएको बताए । संस्थाको संघिय संरचना ब्यवहारमा लागू हुन नसक्दा आवश्यक रुपमा काम गर्न नसकेको बताए ।

संघका कार्यबाहक अध्यक्ष खड्ग बहादुर बस्नेतले संस्थागत हकहितका साथै विविध सामाजिक कार्य गर्दै आएको बताए । कार्यक्रम संयोजक गणेश प्रसाद सेढाईले कार्यक्रममा ५४ युनिट रगत संकलन भएको बताए ।

कार्यक्रममा संघका महासचिव पुरुषोत्तम भट्टराई, प्रदेश उपाध्यक्ष तथा संघका जिल्ला सल्लाहकार अमृत सुवेदी, सल्लाहकार प्रभा भण्डारी, रक्तसंचार केन्द्रका सदस्यसचिव राधा शर्माले रक्तदानको अभियानमा सबै लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ३१ बजे

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका