१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

पार्टी निर्णय ‘अवज्ञा’, मन्त्री-सांसदद्वारा ‘विद्रोह’ !



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीले पार्टी निर्णय ‘अवज्ञा’ गरेका छन् । उनीहरूले ‘विद्रोह’ गर्ने संकेतसमेत गरेका छन् । मन्त्रीसहित १० सांसदले शुक्रबार संयुक्त पत्र लेख्दै ‘निर्णय नमान्ने’ भन्दै संसदीय दल बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् ।

एकीकृत समाजवादी अध्यक्ष एवं संसदीय दल नेतासमेत रहेका माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाइएको छ । एकीकृत समाजवादीको गत २१ जेठमा सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्री’ निर्णय गरेको थियो । पार्टी सचिवालय बैठकले गरेको निर्णय मन्त्रीहरूले कार्यान्वयन नगरी संसदीय दल बैठक माग गर्नुले पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।

पूर्ववत् सहमतिअनुसार नै उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने सचिवालयको निर्णयप्रति सरकारमा रहेका मन्त्री असन्तुष्टि व्यक्त गर्दै आएका छन् । बैठक बोलाउन माग गर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसद् कृष्णलाल महर्जन छन् ।

यसैगरी, सांसदहरू गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि मन्त्रीहरूलाई साथ दिँदै संसदीय दल बैठक बोलाउन माग गरेका छन् । उनीहरूले सरकारमा रहेका पार्टी नेता (मन्त्री)लाई ‘अपराधीको जस्तो व्यवहार गरिएको’ भन्दै असन्तुष्टिसमेत जनाएका छन् ।

‘पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पु¥याउने र पटकपटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिँदैन,’ उनीहरूले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समय एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने तर्क उनीहरूको छ । ‘स्थायी कमिटी बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलसँग सल्लाह गरेर पार्टी निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्षविपरीत पटक-पटक आजै/भोलि नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न,’ ध्यानाकर्षण भनिएको छ ।

सांसदहरूले प्रस्तावित नयाँ मन्त्रीको नामावली असमावेशी र असन्तुलित रहेको भन्दै गम्भीर असहमति जनाएका छन् । ‘पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइ सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिला सहभागीता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएकोप्रति गम्भीर असहमत छौं,’ पत्रमा उल्लेख छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : ५७ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला