२५ भदौ २०८३, बिहिबार | September 11, 2026

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र) सहित समाजवादी मोर्चामा रहेका दलहरुसँग पार्टी एकताको निर्णय गरेको छ।

शुक्रबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग औपचारिक रुपमा एकता गर्ने निर्णय गरेको हो। बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्ने प्रस्ताव पेश गरेका थिए, जसलाई उपस्थित बहुमत सदस्यहरूले ताली बजाएर अनुमोदन गरेका छन् ।

अध्यक्ष नेपालले एकता प्रक्रियासम्बन्धी थप गृहकार्य सचिवालय बैठकमार्फत अघि बढाइने जानकारी पनि दिएका छन्।

तर, माओवादी केन्द्रसँगको एकता प्रस्तावमा सबै नेताहरू भने एकमत हुन सकेनन। वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री, घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान र हरि पराजुलीलगायतका नेताहरूले उक्त प्रस्तावको विरोध गरेका छन्।

नेता वामदेव गौतमले पार्टीले एमालेसँग पनि एकताको सम्भावना खुला राख्दै त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ५२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ