२३ श्रावण २०८३, शनिबार | August 9, 2026

माओवादीसहित कम्युनिष्ट र बामपन्थी समुहबीच एकता गर्न एकीकृत समाजवादीले बनायो वार्ता टोली



काठमाडौँ । माओवादी लगायत कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकता गर्न नेकपा एकीकृत समाजवादीले वार्ता टोली गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएका छन् ।

वार्ता टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन् ।

वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न वार्ता टाली गठन गरेको नेपालले अपानीमा उल्लेख गरेका छन् । उक्त टोलीलाई ११ बुँदामा एकताको सैद्धान्तिक आधार खोज्न म्यान्डेट दिएको पनि अपानिमा जनाइएको छ ।

पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबिचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने विषयलाई एकताका सैद्धान्तिक आधार बनाइएको छ ।

त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने, पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने पनि आधारमा उल्लेख छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ९ : ०२ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी