१५ पुस २०८२, मंगलबार | December 30, 2025

पर्वतको मोदी गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गर्ने



पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गर्ने भएको छ । गाउँपालिका नागरिक बिरामी पर्दा र अन्य विपद्का घटनामा आकस्मिक उद्धार तथा राहत प्रदान गर्न सकियोस् भनेर गाउँपालिकाका आठवटै वडामा हेलिप्याड निर्माण गरिने भएको हो ।

गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सवै वडाको केन्द्रविन्दुमा एक–एक हेलिप्याड निर्माण गरिने भएको हो ।

पालिकाका आठवटै वडामा यातायाताको सुविधा पुगेको छ । त्यसमध्ये धेरैजसो वडामा पक्की सडकको समेत पहुँच रहेको छ । तर पनि विकट बस्तीमा आकस्मिक उद्धार र राहत तथा अन्य भैपरि आउने घटनाका लागि हेलिप्याड बनाउने कार्यक्रमलाई प्राथमिकताका साथ राखिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिए । उनका अनुसार उपयुक्त स्थानको छनोट गरेर आगमी आवभित्रै सबै वडामा हेलिप्याड बनाउन बजेटसमेत विनियोजन गरिएको जानकारी दिए ।

गाउँपालिकाले २० युनिटसम्मको विद्युत्को शुल्क व्यहोर्ने गरी रु १८ लाख विनियोजन गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा उद्यमशीलताको विकास, स्वरोजगारमूलक कार्यक्रम, स्वरोजगार धितो कोष, बृहद् कृषि गुरुयोजना, प्राविधिक कृषि शिक्षा, कृषि एम्बुलेन्स, पाडापाडी संरक्षण, शीतभण्डार निर्माण, रैथाने बाली प्रवद्र्धन, कृषक राहत कार्यक्रमजस्ता कुरालाई प्राथमिकतामा राखिएको अध्यक्ष शर्माले बताए ।

गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न सङ्घ र प्रदेशसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसैगरी सबै वडामा बर्थिङ सेन्टर स्थापना, सुत्केरीसँग अध्यक्ष कार्यक्रम, गाउँपालिकाको केन्द्रमा बृहद् सार्वजनिक पुस्तकालयसमेत स्थापना गरिने भएको छ । त्यसैगरी दिदीबहिनीसँग अध्यक्ष कार्यक्रम, युवासँंग उपाध्यक्ष कार्यक्रमलगायतका नयाँ कार्यक्रमसमेत पालिकाले सार्वजनिक गरेको छ । बजेटअघि गाउँपालिकाका अध्यक्ष शर्माले प्रस्तुतत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतरूपमा पारित भएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : १२ बजे

होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ आयोजना गर्दै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५ तारेको लक्ष्य सहित निर्माणाधिन होटल

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

पैचो पसलले मनायो ११ औं वार्षिकोत्सव, गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको दाबी

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक