२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवल मण्डपको नाम परिर्वतन गर्ने प्रस्ताव फिर्ता गर्न रुपन्देही व्यापार संघको आग्रह



बुटवल । रुपन्देही व्यापार संघले बुटवल मण्डपको नाम परिर्वतन गर्ने बुटवल उपमहानगरपालिकाको निर्णयप्रति आपत्ति प्रकट गरेको छ । संघको सचिवालयमा संघका अध्यक्ष कृष्णप्रसाद घिमिरको अध्यक्षतामा बसेको नियमित बैठकले उपमहानगरपालिकाको घोषणा प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नाम परिवर्तन गर्ने प्रस्ताव तत्काल फिर्ता लिएर सहकार्य र सामुहिक अपनत्वको संस्कृति अगाडि बढाउन आग्रह गर्ने गरेको छ ।

बैठकले बुटवल उपमहानगरपालिकाको एघारौं नगरसभामा प्रस्तुत तथा पारित नीति तथा कार्यक्रममा ‘बुटवल मण्डप’ को नाम परिवर्तन गर्ने प्रस्ताव राखेकोमा आपत्ति प्रकट गर्दै गम्भिर ध्यानाकर्षण प्रस्ताव पारित गरेको संघका महासचिव दयानिधि भण्डारीले आइतवार एक विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

बैठकले यहाँका व्यवसायिक संघसंस्था र दलहरुको संयुक्त प्रयासबाट सामुहिक सहकार्य र सबैको अपनत्व हुने गरी ऐतिहासिक ‘बुटवल’ को नाममा मण्डपको नामाकारण गरी केन्द्रीय सरकारको लगानीमा निर्माण थालिएको अवस्थामा सामुहिक सहकार्यको संस्कृतिलाई भत्काउने गरी नगरसभाले नाम परिवर्तन गर्ने निर्णय गरेकोमा सम्पूर्ण व्यवसायीहरुको भावनामा चोट पुगेको ठहर गर्दै नाम परिवर्तन गर्ने प्रस्ताव तत्काल फिर्ता लिएर बुटवल उपमहानगरपालिकालाई सहकार्य र सामुहिक अपनत्वको संस्कृति अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुटवल उपमहानगरपालिकाको नगसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उपमहानगर प्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको नाम परिवर्तन गर्दै गिरिजा प्रसाद कोईराला बुटवल मण्डपको नाम प्रस्ताव गरेपछि बुटवलमा सो प्रस्ताव विवादमा परेको छ । उपमहागरले भने प्रदर्शनीस्थलका लागि गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री भएका बेला सेनाले ओगटेको बन क्षेत्रको जग्गा बुटवल मण्डपको नाममा हक हस्तान्तरण गर्ने निर्णय भएकाले कोईरालाको नामममा मण्डप रहनुपर्ने तर्क गर्दै आएको छ ।

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ३३ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५