७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

कृषिमा लुम्बिनी प्रदेश सरकार : श्रोत जनशक्तिमा अझै पनि कमजोर



बुटवल । लुम्बिनी प्रदेशको कृषि क्षेत्रमा अझै पनि जनशक्ति र श्रोत साधनमा कमजोर रहेको कृषि क्षेत्रमा कार्यरत उच्च अधिकारीहरुले स्विकार गरेका छन् । आइतबार बुटवलमा प्रदेश सरकारको कृषि कार्यक्रम र प्रभावकारीताबारे पत्रकारसंग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरकारका कृषि क्षेत्रका अधिकारीहरुले प्रदेशको कृषि अझै पनि कमजोर अवस्थामा रहेको स्विकारेका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकार कृषि तथा प्रविधि तथा भुमि सुधार मन्त्रालयका सचिव याम नारायण देवकोटाले किसानहरुको माग सिँचाई र यान्त्रिकिरण हुने गरेको बताए। उनले सरकारले किसानको माग अनुसार नै यसलाई सम्बोधन गरिरहेको दाबी गरे । यसैगरि सुचना प्रविधिको अधिकतम प्रयोग गरेर किसानको समस्या सम्बोधन गर्न गरि आधारभुत पुर्वाधार निर्माण गरिएको पनि उनले बताए ।

उनले कृषिको ब्यवसायिकरण गर्ने अभियानलाई जोड दिएर कानुनी र प्राविधिक रुपमा सहयोग गर्न सरकारले सफलता पाउँदै गरेको जनाउँदै रुकुमलाई अर्गानिक क्षेत्र घोषणा भएको र अन्य स्थानमा माटो सुधारको काम जारी रहेको जानकारी दिए।

लुम्बिनी प्रदेशमा १८.२ प्रतिशत नागरिक गरिबिको रेखामुनि रेहेको उल्लेख गर्दै सचिव देवकोटाले प्रदेशमा धानगहु र मकै उत्पादनमा राम्रो भएपनि त्यसलाई औद्योगिक बालिकारुपमा लैजान नसकिएको बताए उनले लुम्बिनी प्रदेशमा मात्र हाट बजार २३९ वटा स्थापना भईसकेको बताउँदै कृषिको ब्यवसायिकरणको अभियानलाई सरकारले जोड दिएको बताए ।

देवकोटाका अनुसार प्रदेशमा ३१ वटा कार्यालयमार्फत काम कृषि क्षेत्रमा कार्य सम्पादन भइरकेको भएपनि
बजेटको खर्चको हिसाबले कृषि उत्पादन घट्दो दरमा रहेको छ। अहिले ४ सय ३६ जना जेटिए मार्फत प्रदेशमा कृषि क्षेत्रमा काम भईरहेको छ ।

लुम्बिनी प्रदेशमा आव ०७५/०७६ स्मार्ट कृषि गाउको स्थापना भएको भएपनि त्यसमा भएका अव्यवहारिक प्रावधानका कारण स्मार्ट कृषि गाँउले प्रभाव पार्न भने सकेको छैन ।

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : १२ बजे

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल