१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रतिनिधिसभा निर्वाचनमा २० लाख मत कटाउने माधव नेपालको दाबी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब पार्टीको पुरै ध्यान प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लगाउनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता कार्यकर्ताहरुलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए । नेपालले निर्वाचनमा अरुको भर नपरी पार्टीको आफ्नै तागतमा पुरै शक्तिका साथ लाग्नुपर्ने बताए ।

नेपालले स्थानीय तह चुनावमा २८ प्रतिशत मात्र उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गर्दै अब पुरै क्षेत्रमा उम्मेदवारी दिएर कम्तिमा २० लाख मत ल्याउने दाबी गरे ।

नेपालले अधिकतम सफलता हासिल गर्नका लागि आफ्नो शक्ति पुरै लागेमा लक्ष्य हासिल गर्न सकिने जिकिर गरे । प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अहिलेदेखि नै सम्भावित उम्मेदवार खडा गरेर संगठनको काम अघि बढाउन उनले निर्देशन दिए । नेपालले भने ‘हामी सबैको ध्यान आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनुपर्छ । पार्टीको सम्पूर्ण त्यहीँ निर्वाचनमा केन्द्रीत गर्नुपर्ने छ । चुनावको तयारी गर्नुपर्नेछ’ । अरुको भरोसा गरेर चल्ने होइन । हामीले आफ्नो शक्ति निर्माण गर्ने हो । त्यसैले अहिले नै १६५ क्षेत्रमा उम्मेदवार घोषणा गर्ने हो ।’

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ३२ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन