२९ मंसिर २०८२, सोमबार | December 16, 2025

दुईवर्षभित्र सबै नेपालीले विद्युत सेवा पाउने उर्जामन्त्री भुसालको दाबी



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताएकी छिन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताएकी हुन् । भुसाल ले आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको बताइन । उनले सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिव ५० प्रतिशतले घटाइएको जानकारी दिइन ।

भुसालले भनिन, – ‘आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिनेछ । मैले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु । देशभरका झन्डै ५२ लाख ग्राहक मध्ये करिव २६ लाख ग्राहकले यो सुविधा पाएका छन । सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपैयाँसम्म महशुल कायम गरिएको छ भने विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न गार्हस्थ्य वर्गको विद्युत महशुल कम गरिएको छ । साथै खानेपानी र सिंचाईमा डिमान्ड शुल्क हटाइएको छ । खानेपानीतर्फ इनर्जी शुल्क करिव ५० प्रतिशतले घटाइएको छ । अधिकांश वस्तु तथा सेवाको मूल्यवृद्धि भइरहेको अवस्थामा विद्युतको क्षेत्रमा विगत दुई वर्षमा दुईपटक गरी २० प्रतिशत विद्युत महशुल घटाइएको निवेदन गर्न चाहन्छु ।’

मन्त्री भुसालले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७०० देखि १००० मेघावाट विद्युत नेपालको विद्युत प्रणालीमा थपिँदै जाने बताइन । यसरी विद्युत थपिँदा आगामी २ वर्षका सुख्खा याममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने उनले जनाइन ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : १६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको