११ बैशाख २०८१, मंगलबार | April 23, 2024

सिँचाईको बिजुली निःशुल्क गर्ने सरकारको योजना



काठमाडौं । सरकारले विद्युत व्यापार कम्पनी खडा गर्ने भएको छ ।

उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनगरी बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले विद्युत व्यापार कम्पनी खडा गरेको जानकारी दिएकी हुन् ।

भुसालले नेपाल विद्युत प्राधिकरणको सबैभन्दा धेरै शेयर भएको र अन्य विद्युत उत्पादन कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडिसीएल)सँग वित्तीय कारोवार गर्ने समेतको शेयरबाट लाइसेन्स लिएको बताइन ।मन्त्री भुसालले निजी क्षेत्रले पनि यसमा चासो दिएकाले त्यसअनुसारको नै कार्यविधि बनाइरहेको बताइन । उनले अब विद्युत व्यापार लाइसेन्स जलविद्युतको लाइसेन्स जस्तो नहुने पनि स्पष्ट पारिन ।

मन्त्री भुसालले नेपालमा कुलेखानीबाहेक जलासाययुक्त जलविद्युत नभएकोले प्रदेश २ बाहेक अन्य प्रदेशमा जलाशययुक्त जलविद्युत आयोजना बनाउने बताइन । त्यसका लागि प्रदेश १ को दुधकोशी, गण्डकीको बुढीगण्डकी, लुम्बिनीको नौमुरे, कर्णालीको नलघाट, सुदूरपश्चिमको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना बनाउने र अध्ययनको अन्तिम चरणमा रहेको उनले जानकारी दिइन ।

मन्त्री भुसालले सिँचाईको बिजुली निःशुल्क गर्ने योजना बनाएको पनि बताइन । उनले मन्त्रालयले सिँचाईको बिजुली निःशुल्क गर्ने योजना बनाएको जानकारी दिइन ।

मन्त्री भुसालले नेपालमा आफ्नै बहुउद्देश्यीय आयोजनाहरु सम्पन्न हुँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणसँग समायोजन र सहकार्य गरेर सिँचाईमा खपत हुने बिजुली हामी निःशुल्क दिन सक्ने स्थितीमा मन्त्रालयले योजना अघि सारेको उनले जिकिर गरिन । सिँचाईका लागि नेपालका सबै मानव बस्तीमा निःशुल्क बिजुली दिँदा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास हुने र तराईमा डिजेल, पेट्रोलबाट सञ्चालित हुने मोटरलाई दुरुत्साहित गरेर विद्युतीय साधनको प्रयोग हुने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको जानकारी दिए । घिसिङले लोड धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकोले बिजुली गइरहेको बताए । उनले उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले देशभर हाम्रो डिमाण्ड गतसालको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ । इण्डक्शनदेखि लिएर अहिले सबै इक्वीपमेण्टहरु प्रयोग भयो कि जस्तो देखिन्छ । त्यसले गर्दा ३ सय, ४ सय मेगावाट डिमाण्ड बढेको छ ।’

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ०० बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना