१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गण्डकी सरकारले सवारी करमा १० हजारसम्म बढायो, फिर्ता गर्न व्यवसायीको माग



पोखरा । गण्डकी सरकारले सवारी साधन करमा भारी वृद्धि गरेको छ । सवारीसाधनको प्रकृतिअनुसार तीन सयदेखि १० हजारसम्म वार्षिक कर बढाएको भन्दै व्यवसायीहरूले बढेको कर फिर्ता गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेश कमिटीले अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्कालाई भनेर ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले नेपालको सार्वजनिक यातायातलाई चलायमान बनाउन उपयुक्त आयात नीति, सन्चालन विधि, समयानूकुल विधिको प्रयोग गरी मर्यादित तथा यात्रुमैत्री बनाउन आग्रह गरे । गाडीमा बढाउन लागेको करको दरलाई परिमार्जन गर्न व्यवसायीको माग छ । ‘एकातर्फ पेट्रोलियम पदार्थलगायत मेसिनरी पार्ट्स पुर्जामा अत्यधिक मूल्यवृद्धि भएको छ । सडकको अवस्था जिर्ण बन्दै गएको छ,’ उनीहरूले विज्ञप्तीमार्फत भने, ‘बैंकहरूले आफूखुसी ब्याज बढाउँदै लगेका छन् । प्रदेश सरकारले आफूखुशी करको दायरा निर्धारण गर्दा यातायात व्यवसायीको घरजग्गा नै लिलाम हुने अवस्था आयो ।’

व्यवसाय जोखिममा पर्न नदिन करको दरलाई पुनरावलोकन गर्न व्यवसायीको माग छ । प्रदेश सरकारको अपेक्षासहित बामे सर्ने प्रयासमा रहेको यातायात क्षेत्रलाई प्रदेश सरकारले हचुवाको भरमा सम्बन्धित सरोकारवालासँग छलफल नगरेको प्रदेश संयोजक केदारप्रसा पौडेलले बताए । करको दर नघटाए जुनसुकै कदम चाल्न पनि तयार हुने उनको चेतावनी छ । यसअघि गाडीको कर घटाउन र प्रत्येक ६ महिनामा नवीकरण अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध कांग्रेसका ११ वटै जिल्ला सभापतिले संयुक्त विज्ञप्ती निकालेर विरोध जनाएका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ४९ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित