१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

केरुङ–काठमाडौं रेलमार्ग निर्माण हुन सक्दैन : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन् । शर्माले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए ।

महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताए । नेपाल गरिब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उनले जिकिर गरे । उनले भने, ‘विश्वप्रकाश शर्मा बाचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ । आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौँ, तिमीहरु व्यापार गर, लिज बाटो दिन्छौँ । सामाना लैजाउ बाटो दिन्छौँ । हामी गरिब राष्ट्र छौँ, तिमीहरुको एउटा गिफट प्रोजेक्ट लिन चाहन्छौँ भन्न भारत र चीनलाई भन्न सक्नुपर्छ ।’

शर्माले नेपालले आफनो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने धारणा राखे । महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको जिकिर गरे ।

महामन्त्री शर्माले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको उनले बताए । चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नु नहुने धारणा राखे ।

महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताए । डकुमेण्ट बनाउन मन्त्रीमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरुले दिएको गलत सूचनाका कारण पनि जनताहरु भडिकरहेकोले गलत सूचना प्रशारण गर्न नहुने धारणा राखे ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ०७ बजे

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय