१६ पुस २०८२, बुधबार | December 31, 2025

आगामी ३ दिन देशैभर भारी वर्षा हुने, सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन उच्च सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेका छन् । आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन जोशीले आग्रह गरेका हुन् ।

बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरे ।

उनले आगामी तीन दिन गण्डकी प्रदेशमा अझै बढी र तराईका सबै जिल्लाहरुमा भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए।

उनले भोलिसम्मै तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेश सम्म अझ भारी वर्षा हुने देखिएको अवस्था रहेको बताए । खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने जोशीको अनुमान छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ४१ बजे

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको

६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको

चिसो बढेपछि घोराहीका विद्यालयमा तीन दिन बिदा

तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन

एमाले नेता वासुदेव घिमिरेबाट एमाले परित्यागको घोषणा

बुटवल । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

नवलपुर । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक