१० चैत्र २०८२, मंगलबार | March 25, 2026

भारतीय चर्चित गायक केकेको निधन



काठमाडौं । भारतीय चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को निधन भएको छ । मंगलबार कोलकातामा लाइभ कन्सर्ट गरेका ५३ वर्षीय केकेको हृदयघातका कारण निधन भएको हो ।

भारतीय सञ्चारमाध्मका अनुसार मंगलबार कन्सर्टपछि होलट पुगेपछि उनको स्वस्थ्य अवस्था बिग्रिएको थियो । त्यसपछि उनलाई कोलकाता मेलिकल रिसर्च इन्स्टिच्युट लगिएको थियो । तर, अस्पताल पु¥याउनुअघि नै उनको निधन भइसकेको थियो ।

केकेको निधनपछि बलिउडमा अहिले शोकमा छ । पछिल्लो तीन दशकमा बलिउडको पाश्र्व गायनमा केकेले एकछत्र राज गरेका थिए ।

केकेको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले केकेका गीत हरेक उमेरका मानिसका लागि प्रिय भएको उल्लेख गरेका छन् । उनी गीतमार्फत सधैं जीवित रहने मोदीले उल्लेख गरेका छन् ।

यस्तै, अभिनेता अक्षय कुमार, अभिनेत्री, सोनल चौहान, मुनु दत्ता, गायक अरमान मलिकलगायतले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

२३ अगस्त १९६८मा दिल्लमा जन्मिएका केकेले माचिस फिल्मको छोड आए हमगीत मार्फत बलिउडमा डेब्यू गरेका थिए । उनले पल एल्बममार्फत आफ्नो सांगीतिक करिअर सुरुआत गरेका थिए ।

केकेले हिन्दी, तलिमलगायत ८ भाषामा १ सयभन्दा बढी गीत गाएका छन् । फिल्ममा डेब्यू गर्नुअघि उनले ३५ हजार बढी जिंगल गाएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : ४८ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण