१६ माघ २०८२, शुक्रबार | January 30, 2026

भारतीय चर्चित गायक केकेको निधन



काठमाडौं । भारतीय चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को निधन भएको छ । मंगलबार कोलकातामा लाइभ कन्सर्ट गरेका ५३ वर्षीय केकेको हृदयघातका कारण निधन भएको हो ।

भारतीय सञ्चारमाध्मका अनुसार मंगलबार कन्सर्टपछि होलट पुगेपछि उनको स्वस्थ्य अवस्था बिग्रिएको थियो । त्यसपछि उनलाई कोलकाता मेलिकल रिसर्च इन्स्टिच्युट लगिएको थियो । तर, अस्पताल पु¥याउनुअघि नै उनको निधन भइसकेको थियो ।

केकेको निधनपछि बलिउडमा अहिले शोकमा छ । पछिल्लो तीन दशकमा बलिउडको पाश्र्व गायनमा केकेले एकछत्र राज गरेका थिए ।

केकेको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले केकेका गीत हरेक उमेरका मानिसका लागि प्रिय भएको उल्लेख गरेका छन् । उनी गीतमार्फत सधैं जीवित रहने मोदीले उल्लेख गरेका छन् ।

यस्तै, अभिनेता अक्षय कुमार, अभिनेत्री, सोनल चौहान, मुनु दत्ता, गायक अरमान मलिकलगायतले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

२३ अगस्त १९६८मा दिल्लमा जन्मिएका केकेले माचिस फिल्मको छोड आए हमगीत मार्फत बलिउडमा डेब्यू गरेका थिए । उनले पल एल्बममार्फत आफ्नो सांगीतिक करिअर सुरुआत गरेका थिए ।

केकेले हिन्दी, तलिमलगायत ८ भाषामा १ सयभन्दा बढी गीत गाएका छन् । फिल्ममा डेब्यू गर्नुअघि उनले ३५ हजार बढी जिंगल गाएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : ४८ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य