२७ माघ २०८२, मंगलबार | February 10, 2026

अर्थविद्हरु भन्छन् – सरकारले कार्यान्वयन गर्न नसक्ने बजेट ल्यायो



काठमाडौं । अर्थविदहरुले सरकारले कार्यान्वयन हुनै नसक्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।

अर्थविदहरु प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल, डा. गोविन्द नेपाल, डा. पोषराज पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोतको अभाव हुने औंल्याएका हुन् ।

बजेट कार्यान्वयनका लागि स्रोेतको सुनिश्चितता नभएको र त्यसका लागि काम गर्ने तौरतरिका पनि मुलुकमा मिलि नसकेको अर्थविद प्याकुरेलले बताए । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे बुधबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले दलहरुले आफनो पपुलारिटीका लागि बजेट ल्याउन सक्ने तर त्यसको पनि सीमा हुनुपर्ने बताए । अर्थविद प्याकुरेलले भन्, ‘यो बजेट कार्यान्वयनका लागि स्रोत सुनिश्चितता पनि छैन । काम गर्ने तौरतरिका पनि हाम्रो मिलिसकेको छैन ।’

१८ खर्व यो बजेट कार्यान्वयनका लागि केही पनि नभएको अर्का अर्थविद डा. गोविन्द नेपालले बताए । उनले बजेट महत्वकांक्षी भएको उल्लेख गर्दै त्यसका लागि रकम ज्यादै न्यून भएको बताए । अर्थविद नेपालले भने, ‘१८ खर्व यो बजेट कार्यान्वयनका लागि केही पनि होईन । यो बजेटमा देखाइएका जति पनि विषयहरु छन । १८ खर्वले काम लाग्दैन । यो कार्यान्वयन हुने देखिदैन । बजेट महत्वकांक्षी छ । रकम अत्यन्तै न्यून छ ।’

अर्थविद डा. पोषराज पाण्डेले बजेटमा स्वदेशी बस्तुको प्रवद्र्धनको कुरा गरिए पनि त्यो के हो भन्ने नखुलेको बताए । उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने कुरा बजेटमा आएपनि त्यसको वे आउट नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । पाण्डेले भने ‘स्वदेशी बस्तु र आत्मनिर्भर अर्थतन्त्रको विषयलाई खुला नराखौं है । कुन सेक्टरमा कसरी हुन्छ ? भन्ने कुरालाई चाँही डिफाईन हुनुप¥यो । यसको वे निर्धारण गरेर ज्यादा मात्रै स्वदेशी बस्तुको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ ।’

अर्थविद पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा खर्च धान्ने क्षेत्रहरुको उल्लेख नगरिएको समेत बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : ०१ बजे

काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन

दुर्घटना अपडेट : तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस

तामाकोशी नदीमा बस खस्यो, मानवीय क्षतिको आशंका

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको

एमाले र जसपा परित्याग गरी नेकपामा प्रवेश, पेरिसडाँडामा प्रचण्डद्वारा स्वागत

काठमाडौं । २०५२ सालदेखि नेकपा एमालेमा सक्रिय रहेका मेडिकल व्यवसायी