१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

निजी क्षेत्र उपेक्षित, पूर्व राजा छैटौं स्थानमा



काठमाडौं । सरकारले मर्यादाक्रममा हेरेफेर गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो । मन्त्रालय स्रोतका अनुसार हेरफेर गर्न लागिएको मर्यादाक्रममा निजी क्षेत्रलाई पुरै उपेक्षा गरिएको छ ।

निजी क्षेत्रबाट उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूलाई भने मर्यादाक्रममा राखिएको छैन । नेपाल पत्रकार महासंघका सभापति, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल चिकित्सक संघका अध्यक्ष, नेपाल इन्जिनियरिङ एसोसियसनका अध्यक्ष, नेपाल निर्माण व्यवसायी संघका अध्यक्षलगायत विभिन्न पेसासँग सम्बन्धित संघसंस्थाका पदाधिकारीलाई मर्यादाक्रममा राखिएको छैन ।

यसैगरी चिकित्सा, कानुन, पत्रकारिता, वकिललगायत क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूलाई पनि मर्यादाक्रममा राखिएको छैन ।

गृह मन्त्रालय आन्तरिक प्रशासन महाशाखा प्रमुख सहसचिव शिवराम पोखरेलले मन्त्रालयले तयार पारेको मर्यादाक्रम हेरफेरसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी दिँदै पास भएका लागु हुने बताए । मन्त्रालयले तयार गरेको मर्यादाक्रम हेरफेरमा निजी क्षेत्रलाई नसमेटिएको उनले बताए । ‘नेपाल सरकारले स्थापना गरेका निकायहरूमा आबद्धलाई मात्र मर्यादाक्रममा समेटिएको हो’, पोखरेलले भने, ‘त्यसैले निजी क्षेत्रबाट कसैलाई पनि मर्यादाक्रममा राखिएको छैन ।’ निजी क्षेत्रका व्यक्तिहरूलाई मर्यादा क्रममा नराखे पनि आवश्यकता हेरेर सरकारले सुविधा र सुरक्षा दिने गरेको उनले बताए । ‘आवश्यकता अनुसार निजी क्षेत्रका व्यक्तिहरूलाई पनि बेलाबेलामा सुरक्षा र सुविधा दिने गरेका छौं तर मर्यादाक्रममा भने राखेका छैनौं’, उनले भने । निजी क्षेत्रका व्यक्तिहरूलाई मर्यादाक्रममा नराख्ने चलन नेपालमा मात्र नभई अन्य देशमा पनि रहेको उनले बताए ।

हेरफेर गरिएको मर्यादा क्रममा पहिलो पटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ । यसैगरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि मर्यादाक्रममा समेटिएको छ । बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ ।

यसैगरी मर्यादा क्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ । मर्यादाक्रमको छैटौं स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ । पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ । पूर्वराजापछि छैटौं स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपलिाई राखिएको छ । पूर्वराष्ट्रप्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक मर्यादा क्रममा राखिएको गृह मन्त्रालयका कर्मचारी बताउँछन् । मर्यादाक्रम परिमार्जन गर्न मन्त्रालयले पोखरेलको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यादललको सिफारिसका आधारमा गृहमन्त्री खाँणले मर्यादाक्रम हेरफेरसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् ।

मर्यादाक्रममको सातौं स्थानमा संघीय सरकारका मन्त्री, प्रदेश प्रमुख, प्रदेश सरकारका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्नबाट विभूषित भएका व्यक्ति, पूर्वप्रधाननन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षीय संसदीय दलको नेता, उपनेता, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्रीलाई राखिएको छ ।

यसैगरी आठौं स्थानमा राज्यमन्त्री, प्रनिनिधिसभामा सत्ता पक्षका प्रमुख सचेतक, प्रतिनिधिसभामा विपक्षी दलका प्रमुख सचेतक, प्रतिनिधिसभा र राष्ट्रियसभाका विभिन्न समितिका सभापति, संवैधानिक नियकायका प्रमुख तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई राखिएको छ । हेरफेर गर्न लागिएको मर्यादाक्रममा काठमाडौं महानगरपालिकाका मेयरलाई अन्य नगरपालिका मेयरभन्दा अगाडि राखिएको छ । सहसचिव पोखरेलले नेपालले मात्र नभई अन्य देशले पनि राजधानी रहेको नगरपालिकाका मेयरको स्थान अन्य नगरपालिकाका मेयरको भन्दा अगाडि राख्ने गरेको बताए । यो विश्वव्यापी चलन भएको उनले बताए । आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ७ : २१ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको