२७ माघ २०८२, मंगलबार | February 10, 2026

आर्थिक विधेयक २०७९ को दफा ५७ संशोधन गर्न चार्टर एकाउण्टेन्टहरुको माग



बुटवल । बुटवलमा क्रियाशिल चार्टर एकाउण्टेन्टहरुले सरकारले ल्याएको आर्थिक विद्येयक, २०७९ को दफा ५७ संशोधन गर्न माग गरेका छन् । उनीहरुले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि सरकारले ल्याएको बजेटको दफा ५७ मा भएको स्वामित्व परिवर्तन हुँदा त्यसमा लाग्ने कर सम्बन्धि व्यवस्थालाई संशोधन गर्न माग गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल चार्टर एकाउण्टेन्ट संघ रुपन्देहीको संयुक्त आयोजना शुक्रबार बुटवलमा आर्थिक विधेयक, २०७९ सम्बन्धि अन्तरक्रिया छलफलमा चार्टर्ड एकाउण्टेन्टहरुले सो दफा संशोधनका लागि पहल गरिदिन बुटवल उद्येग बाणिज्य संघलाई आग्रह गरे ।

उनीहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आएको बजेट राम्रो र स्वागत योग्य रहेको भएपनि कतिपय कुराहरुको कार्यान्वयन जटिल देखिएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल चार्टर एकाउण्टेन्ट संघ रुपन्देहीका अध्यक्ष सिए छविलाल पोखरेलले सरकारले ल्याएको आर्थिक विधेयक, २०७९ को दफा ५७ लाई सान्दर्भिक बनाउन त्यसमा भएको व्यवस्थामा केही कुराहरु पुनर्विचार गर्नुपर्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले चार्टर एकाउण्टेन्टहरुले उठाएको दफा ५७ संशोधनको लागि संघको तर्फबाट पहल हुने आश्वासन दिए ।

त्यस अवसरमा नेपाल चार्टर एकाउण्टेण्ट संघ रुपन्देहीका संस्थापक अध्यक्ष सिए प्रेम भुर्तेल, बुटवल उद्योग वाणिज्य संघका राजश्व परामर्शदाता सिए हरि लम्साल लगायतले पनि सो दफा संशोधन गर्न माग राखेका थिए ।

उक्त दफामा स्वामित्व परिवर्तन हुँदा लाग्ने कर सम्बन्धि व्यवस्था गरिएको छ । ५० प्रतिशत भन्दा बढी शेयर फेरबदल भएको अवस्थामा पनि बेचेको सरह मानेर सम्पूर्ण चलअचल सम्पत्तिलाई पुनःमुल्यांकन गरी सो मा कर लाग्ने प्रावधान रहेको छ ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले उद्योगी व्यवसायीको प्रवद्र्धन र औद्योगिक विकासको लागि संघले पहल गर्दै आएको र आगामी वर्षको बजेटमा ती कतिपय कुराहरु समेटिएकोमा आफूहरुलाई थप उत्साहित बनाएको बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : ५८ बजे

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न

काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन

दुर्घटना अपडेट : तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस

तामाकोशी नदीमा बस खस्यो, मानवीय क्षतिको आशंका

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको