२५ भदौ २०८३, बिहिबार | September 11, 2026

बिरामीलाई सहयोग गर्न फुटसल, किलान्चोकलाई फण्ड राईजिङ फुटसल प्रतियोगिताको उपाधि



बुटवल । बुटवलका दुई बिरामीहरुलाई सहयोग गर्ने उदेश्यका साथ एक दिने फुटसल प्रतियोगिता सम्पन्न भएको छ। क्यान्सर विरामी सुमेर शाक्य र आठ वर्षिय किड्नी बिरामी सगुन केशरीको सहयोगार्थ मोनालिसा फुटसल एरिनामा शनिबार फण्ड राईसिङ फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।

तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल फुटसल एरिनामा शनिबार भएको फण्ड राईसिङ फुटसल प्रतियोगिता २०७९ को उपाधि किलान्चोक क्लबले हात पारेका छन। फाईनल खेलमा मर्निङ फुटसल ग्रुपलाई ८(४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। किलान्चोकको जितमा गणेश रायमाझीले एक्लै ५ गोल गरेका थिए।

कार्यक्रमका संय‍ोजक सन्जय प्रकाश श्रेष्ठले रुपन्देहीका विभिन्न क्षेत्रमा कार्यरत तथा म‍ोनालिसा फुटसल एरिनामा नियमित अभ्यास गर्ने टिमहरुबिच प्रतियोगिता गरिएको बताए।

कार्यक्रमको लुम्बिनी प्रदेश खेलुुकद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै सदस्य सचिव भट्टराईले खेलकुदलाई जोडेर सामाजिक भावनाका साथ प्रतियोगिता हुनु महत्वपुर्ण भएको बताए। प्रदेश सरकार खेल पुर्वाधार विकाससंगै खेलाडी उत्पादनलाई जोड दिने गरि प्रतियोगिता आयोजना गर्न बजेट बिनियोजन गर्ने उनले बताए।

यसैबिच प्रतियोगिताका बिजेता, उपविजेता टिमलाई पृथ्वीनारायण शाह स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष निरजप्रताप खाण्ड, वरिष्ठ न्युरोसर्जन डा. केआई सिह क्षेत्री, बुटवल ११ क्रिकेट क्लबका अध्यक्ष अनिल सेन्चुरी, कार रुपन्देहीका सदस्य पुनित पोखरेलले पुरस्कार बितरण गरेका थिए।

फुटसलको टिम दर्ता, इच्छुक खेलाडी सहित सर्वसाधारणको स्वेच्छिक आर्थिक सहयोग तथा प्रयोजक र पुरस्कार पापतको रकम सहित १ लाख बढी रकम संकलन गरेर स्वास्थ्य उपचाररत दुईजनालाई प्रदान गरिने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ६ : ११ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ