७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बिमस्टेकका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच एकता आवश्यकः प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगागलको खाडीको प्रयास (बिमस्टेक)मा आर्थिक साझेदारी प्रवद्र्धन गर्न र चुनौतीहरुलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरुबीच एकता, ऐक्यावद्धता र सहकार्यमा जोड दिएका छन् ।

बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दैै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।

बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिंदै उनले शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकांक्षालाई पुरा गर्न संगठनलाई सक्षम बनाउनु पर्ने समेत बताएका छन् ।

यस्तै, बिमस्टेकको २५औं बार्षिकोत्सवको अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले छुट्टै सन्देश जारी गर्दै बिमस्टेक पुनर्जीवित गर्न राजनीतिक इच्छाशक्त्तिको आवश्यकता रहेको बताएका छन् ।

उनले शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १२ : ४३ बजे

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ