७ चैत्र २०८२, शनिबार | March 21, 2026

बिमस्टेकका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच एकता आवश्यकः प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगागलको खाडीको प्रयास (बिमस्टेक)मा आर्थिक साझेदारी प्रवद्र्धन गर्न र चुनौतीहरुलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरुबीच एकता, ऐक्यावद्धता र सहकार्यमा जोड दिएका छन् ।

बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दैै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।

बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिंदै उनले शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकांक्षालाई पुरा गर्न संगठनलाई सक्षम बनाउनु पर्ने समेत बताएका छन् ।

यस्तै, बिमस्टेकको २५औं बार्षिकोत्सवको अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले छुट्टै सन्देश जारी गर्दै बिमस्टेक पुनर्जीवित गर्न राजनीतिक इच्छाशक्त्तिको आवश्यकता रहेको बताएका छन् ।

उनले शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १२ : ४३ बजे

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा