८ बैशाख २०८१, शनिबार | April 20, 2024

ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास



चितवन । ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थितअत्याधुनिकतथासुविधा सम्पन्नकार्यालय भवनको शिलान्यास गरेको छ ।

बैंकलेचितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालयभवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षचन्द्र प्रसाद ढकालले गरेका छन् ।

यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङ्गसम्बन्धी सचेतना ¥यालीको पनि आयोजना गरेको छ । उक्त सचेतना ¥याली नारायण्ी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइट स्थित भवनशिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्ररवर्गसम्म बैंकिङ्ग सेवाको पहुँचपुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधिको कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकलाई सेवाप्रदानगरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ८ : ५५ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा