१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मन्त्री फेर्न प्रधानमन्त्रीकै अनिच्छा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकारमा रहेका मन्त्री हेरफेर गर्न अनिच्छा देखाएका छन् ।

संसद्मा बजेटमाथिको छलफल जारी रहेको, भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएर गठबन्धनका पक्षमा माहोल बनेको र गठबन्धनबाहिका दलहरू पनि गठबन्धनसँग जोडिन चाहिरहेका बेला मन्त्री फेर्दा त्यसको असर सरकार र सिंगो गठबन्धनमा नै पर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री देउवा तत्कालमन्त्री हेरफेर नगर्ने निर्णयमा पुगेका हुन् ।

‘प्रधानमन्त्री अहिले सरकारमा रहेका मन्त्रीलाई हटाउने सोचमा हुनुहुन्न, यसले सरकार र सिंगो गठबन्धनलाई नै असर पर्ने उहाँको बुझाइ छ, एउटा दलको मन्त्री हेरफेर गर्दा गठबन्धनमा रहेका अन्य दलमा पनि त्यो आवाज उठ्छ भन्ने प्रधानमन्त्रीको विश्लेषण छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने ।
सरकारमा सहभागीमध्येको एकघटक नेकपा एकीकृत समाजवादी पार्टीको आइतबार बसेको सचिवालय बैठकमार्फत आफ्ना दलबाट सरकारमा सहभागी विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठलाई फिर्ता बोलाएर सो स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो ।

समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रूपमा सिफारिस गरेको थियो ।

सो निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको दाबी गरिएको थियो भने सोमबार शपथ गर्नेगरी तयारीसमेत भएको बताइएको थियो ।

तर, प्रधानमन्त्रीको सचिवालय स्रोतले भने मन्त्री हेरफेरको लिस्ट प्रधानमन्त्रीसमक्ष नआएको बताएको छ ।

‘उहाँहरूको दलभित्रको बैठकमा भएको निर्णयको औपचारिक जानकारी र मन्त्री हेरफेरको लिस्ट आएकै थिएन, प्रधानमन्त्रीको इच्छा पनि छैन,’ बालुवाटार स्रोतले भन्यो ।

सत्तारूढ गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा रहेका मन्त्री हेरफेर’bout सत्ता गठबन्धनमा कुनै छलफल नै नभएको बताए ।

‘अहिले मन्त्री हेरफेर गर्ने विषयमा कुनै सल्लाह भएको छैन, मन्त्री हेरफेर गर्नै परे पनि गठबन्धनमा छलफल गरेर निर्णय हुन्छ, अहिले त्यस्तो कुनै निर्णय भएको छैन,’ जसपा अध्यक्ष यादवले राजधानीसँग भने ।

मन्त्री हेरफेरको विषयमा विवाद भएपछि प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान बालुवाटारमा छलफलसमेत भएको थियो ।

यसैगरी, जसपा अध्यक्ष यादवलेसमेत सोमबार प्रधानमन्त्री देउवालाई भेटेरै मन्त्री हेरफेर गर्ने निर्णय नलिन सुझाएका थिए । उनले एक दलबाट मन्त्री हेरफेर गर्दा अरू दलमा पनि असन्तुष्टि बढ्ने भन्दै प्रधानमन्त्रीलाई त्यसतर्फ ध्यान दिन भनेका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ६ : २२ बजे

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको