१४ पुस २०८२, सोमबार | December 29, 2025

कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एकजनाको मृत्यु



चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटारमा काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ५०७४ नंको कारलाई सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नंको मोटरसाइकलले मङ्गलबार साँझ ६ः४५ बजे ओभरटेक गर्ने क्रममा कारमा ठोक्किँदा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नंको तेलट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखाको सहिद लखन गाउँपालिका-४ का अन्दाजी २२ र २३ वर्षीय सन्तोष चेपाङ रहेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर, ट्याङ्कर चालक, कार र कारचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकरीले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : ४० बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य