१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रधानसेनापति र जापानी राजदूतबीच भेटघाट



काठमाडौं । नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : ०४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा