१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दैनिक साढे सात करोडको बिजुली निर्यात



काठमाडौं । नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ । बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा (११ रुपियाँ नेपाली)मा बिक्री भएको हो ।

यसअनुसार यो २४ घण्टामा छ हजार आठ सय मेगावाट घण्टा नेपालबाट बिजुली निर्यात हुने भएको हो । यो आँकडाअनुसार बिहीबार मात्रै सात करोड ४८ लाख ५४ हजार रुपियाँको बिजुली निर्यात भएको छ ।

आईआईएक्समा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ । डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ । भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९.२ रुपियाँसम्म र न्यूनतम छ रुपियाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएकोे छ ।

भारतीय बजारमा शनिबार राति १२ बजेदेखि कालीगण्डकी जलविद्युत् आयोजनाको १४० मेगावाट, त्रिशूली र देवीघाटको ३७.७ मेगावाट आईआईएक्समा प्रतियुनिट औसत सात रुपियाँ चार पैसा भारुमा निर्यात हुन थालेको थियो ।

त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली जेठ १८ गते रातिदेखि औसत भारतीय सात रुपियाँ ३० पैसामा पठाउन थालिएको थियो । मङ्गलबार मध्य रातिदेखि मस्र्याङ्दीको ६७ मेगावाट र बुधबार रातिदेखि मध्य मस्र्याङ्दीको ६८ मेगावाट बिजुली पनि निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार निजी क्षेत्रको लिखु-४ जलविद्युत् आयोजनाको ५२ मेगावाट बिजुली निर्यातका लागि प्रक्रिया सुरु भइसकेको छ ।

प्री-मनसुन सक्रिय भएसँगै वर्षात् बढेकाले नदीनालामा पानी बहाव बढ्दा चाहिनेभन्दा विद्युत् धेरै उत्पादन हुन थालेपछि भारत निर्यात थालिएको हो । प्राधिकरणले खुला बोलकबोलबाट पनि दुई सय मेगावाट विद्युत् भारतका अन्य खरिदकर्तालाई बिक्री गर्न प्रक्रिया थालेको छ ।
आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : ०८ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना