१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना



चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान ’ मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा १४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । गत आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । आक्रमणका घटना अधिकांश मध्यवर्ती सामुदायिक वनमा भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार तीनवटा घटना मात्रै निकुञ्जभित्र भएका हुन् । वर्षभरमा भएका सबै घटना निकुञ्ज र मध्यवर्ती वन क्षेत्रभित्र मात्रै भएका हुन् ।

वनमा न्युरो, घाँस, दाउरा गर्न जानेहरू आक्रमणको सिकार बनेका छन् । निकुञ्जमा हालै गएको फागुनमा बाघ गणना गरिएको थियो । बाघको तथ्यांक सार्वजनिक भइसकेको छैन । आउँदो बाघ दिवस जुलाई २९ मा संख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको संख्या ९३ रहेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले संख्या बढेका कारण मध्यवर्ती क्षेत्रमा बाघले बासस्थान बनाएकाले घटना बढेको अनुमान गरे । मानिसहरूले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ ।

बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । संख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरूमा आफ्नो बासस्थान बनाउँदै गएको उनी बताउँछन् । बाघका सम्बन्धमा विद्यावारिधि गरेका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने बाघले बुढो भएर, घाइते भएर, हेपिएर आहारा नपाउँदा, मानिसलाई आक्रमण गर्ने बताउँछन् । बच्चा हुर्काउँदै गरेको बाघले पनि आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

लामिछानेको भनाइमा बाघको संख्या बढेपछि निकुञ्जको भित्री भागसँगै मध्यवर्ती र ’ का जंगल क्षेत्रमा पनि बाघले बासस्थान बनाउन थालेको छ । ती क्षेत्रहरूमा पूर्ववत् अवस्थामा स्थानीय घाँस दाउरा गर्न जाँदा घटना हुने गरेको उनको भनाइ छ । उनले भने, ‘यो हाम्रै ठाउँ त हो नि भनेर ढुक्क भएर सावधानी कम अपनाउँदा घटना बढेका हुन् ।’

उर्वर ठाउँहरूमा घाँस निहुरोजस्ता वस्तु प्रशस्त पाइने र तिनै ठाउँमा बाघको आहारा प्रजाति बढी पाइने हुँदा जम्काभेट भएर घटना हुने गरेको लामिछानेको भनाइ छ । कतिपय अवस्थामा मान्छेले निहुरिएर काम गर्दा आहारा प्रजाति सम्झेर झुक्किएर पनि बाघले आक्रमण गर्ने गरेको उनी बताउँछन् ।

पहिले खुला ठाउँ हुँदा जुन ढंगले मध्यवर्ती वनको उपभोग स्थानीयवासीले गरेका थिए, अहिले झाडी हुँदा पनि त्यही ढंगबाट काम गर्दा जोखिम बढेका छन् । मानिसमाथि आक्रमण अधिकांश वनभित्र भएका छन् । बस्तीमा बाघ आउनासाथ नियन्त्रणमा लिने गरिएको छ । चालू आर्थिक वर्षमा चारवटा बाघलाई नियन्त्रणमा लिइएको थियो । तीमध्ये दुईवटा मरेका छन् भने दुईवटा कसरामा राखिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत बाघ विज्ञ डा. चिरञ्जीवीप्रसाद पोखरेल बाघको संख्या बढेका कारण घटना थपिएको बताउँछन् । पूर्ववत् अवस्थामा भन्दा फरक ढंगले सावधानी अपनाएर काम गरेमा बाघबाट बच्न सकिने उनीको भनाइ छ । संख्या बढेसँगै बाघका बासस्थान फैलिँदै गएका छन् । जंगलभित्र जानुअघि वन्यजन्तुबाट बच्न अपनाउनुपर्ने विधिका ’ मा ज्ञान राख्नुपर्ने उनी बताउँछन् ।

संख्या बढेकाले मानिसहरूसँग जम्का भेट हुने र घटना बढेको छ । वन क्षेत्रमा आहारा प्रजाति पुगेकै कारण बाघ बस्तीमा पसेका घटना कम भएको पोखरेलको अनुमान छ । बाटो निर्माण गर्दा वन्यजन्तुमैत्री बनाउन सकेमा यस्ता घटना कम हुने उनी बताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल बाघको संख्या बढेकै कारण आक्रमणका घटना थपिएको बताउँछन् । बाघ छ भन्ने थाहा पाएर पनि सावधानीबिना मानिस जंगल जाँदा अकालमै ज्यान गुमाउनुपरेको उनको भनाइ छ ।

सामुदायिक वनहरूमा समूहमा प्रवेश गर्ने, हात्ती वा हेरालुको आवश्यकताअनुसार सहयोग लिने गर्न सकेमा घटना कम हुने उनले बताए । चोरीको नियत साथ सुटुक्क वन पस्नेहरू बढी जोखिममा रहेको कँडेलको भनाइ छ । आजको राजधानी दैनिकमा नारायण अधिकारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : १४ बजे

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’