२९ चैत्र २०८२, आइतबार | April 12, 2026

अछाम घटना : युवकको शव आफन्तले बुझे, किटानी परेका १३ जनाविरुद्ध जाहेरी



धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दिन प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझाका हुन् ।

मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए । मृतकका आफन्तले किटानीसहित जाहेरी दिँदा प्रहरीले नबुझको भन्दै यसअघि पाँच दिनसम्म मृतकका अफान्तले शव बुझेका थिएनन् ।

बुधबार घटनाको अनुसन्धान गर्ने र किटानी परेका व्यक्तिमाका नाममा मुद्दा दायर गर्ने सहमतिपछि पीडित पक्ष शवको पोष्मार्टम गर्न मञ्जुर भएका थिए । पीडित पक्ष मञ्जुर भएपछि बुधबार नै शव जिल्ला अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित पक्षले नवनिर्वाचित जनप्रतिनिधि लगायत अन्य १४ जनाका नामा किटानी जाहेरी दिएका छन् । बिहीबारसम्म सोधपुछका लागि भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । घटनाको केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अनुसन्धान गरिरहेको छ ।

यसरी भएको थियो घटना

३० वैशाखमा स्थानीय तहको निर्वाचन भइरहेका वेला पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिका स्वास्थ्यचौकी मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले स्वस्थ मानिसलाई समेत च्यापेर बुथ केन्द्रमा लगेर कांग्रेसमा भोट हाल्न लगाएको भन्दै एमालेका कार्यकर्ताले विरोध गरेका थिए ।

विरोधपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच भडप भएको थियो । तर, केही समयको झडप पछि सो मतदान केन्द्रमा सहमतिपछि मतदान भयो । मतगणना सकिएर विजयी उम्मेदवारले विजयी जुलससमेत निकालेका थिए । त्यति बेलासम्म सामान्य रहेको सो वडाको स्थिति १७ जेठमा फेरि असामान्य बन्यो ।

१७ जेठमा निर्वाचनकै विषयलाई दिएर दिउँसो एमाले र कांग्रेसका कार्यकर्ताबीच फेरि कुटाकुट भएको थियो । एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई दिउँसो कुटपिट गरेका थिए । सोही आवेग पोख्न १७ जेठको राति ९ बजेपछि कांग्रेसका कार्यकर्ताले प्रहरीको सहारामा मृतक विनोद शाहीको गाउँमा पसेर दमन गरेका थिए ।

अछामबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दुर्गा विकका अनुसार राति ९ बजेदेखि १२ बजेसम्म मृतक युवकको गाउँमा प्रहरीकै सहायतामा महिला बालबालिका माथि ज्यादती भयो । ‘रातिको समयमा प्रहरीलाई गाउँ पस्ने अधिकार कस्ले दियो त्यो त थाहा छैन,’ प्रदेशसभा सदस्य विकले भनिन्, ‘तर कानुनविपरीत गाउँमा पसेका प्रहरी र कांग्रेसका कार्यकर्ताले जे गरे त्यो एकदमै निन्दनीय कार्य थियो, अक्षम्य थियो ।’

सोही रातिदेखि विनोद शाही बेपत्ता भए । उनको खोजी गर्दा २१ जेठमा पञ्चदेवल विनायक नगरपालिका–४ मा पर्ने मध्यपहाडी राजमार्गको कुच्ची भीरको खोँचमा शव भेटिएको थियो । आफन्तले शाहीको हत्या गरिएको भन्दै छानबिनका लागि प्रहरी प्रशासनमा उजुरी दिन जाँदा प्रहरीले उजुरीसमेत लिन नमानेपछि स्थानीय आक्रोसित बनेका थिए । स्थानीयले प्रहरीको विश्वास नै नरहेको भन्दै विरोध जनाएपछि प्रहरीको विशेष अनुसन्धान टोली (सिआईबी)ले सो घटनाको अनुसन्धान थालेको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : ५९ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय