२० माघ २०८२, मंगलबार | February 3, 2026

बेपत्ताको अवस्था सार्वजनिक गर्न उच्च अदालत वुटवलको परमादेस जारी



रुपन्देही । बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गर्दै दर्ता गरेको निवेदन उपर उच्च अदालत तुलसीपुर इजलास वुटवलले परमादेस जारी गरेको छ ।

वेपत्ता परिवारका तर्फवाट निवेदक वुधु पासी र धनकुमारी थारुले उच्च अदालत वुटवलमा दर्ता गरेको परमादेस निवेदन दर्ता भइ बुधबार भएको सुनुवाईमामा न्यायाधिश नित्यानन्द पाण्डे र ममता खनालको इजलासले परमादेस जारी गरेको हो । रीटमाथि अधिवक्ता शिव प्रसाद गौडेल र इन्दिरा आचार्यले वहस गर्नुभएको थियो ।

बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गर्दै यसअघि पटक पटक जाहेरी दर्ता गर्ने प्रयास भएपनि सफल हुन सकेको थिएन ।

यसअघि अन्तरराष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा पीडित परिवार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि पुगेका थिए । आफन्त बेपत्ता भएको डेढ दशकसम्म पनि बेपत्ताको अवस्था सार्वजनिक नभएकाले सास या लाशको माग गर्दै पीडित परिवारले जाहेरी दर्ताका लागि प्रयास गरेपनि जिल्ला प्रहरी कार्यालयले लीन नमानेका कारण पिडीत परिवार अदालत पुगेका हुन् ।

बेपत्ताको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्ने कार्यमा संलग्न पीडकको पहिचान गरी कानूनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ । २०५९ सालमा जिल्लाको साविक वोदवार गाविस वडा नं ३ (हाल रोहीणी गाउँपालिका-५ बुची) निवासी रामपलट भन्ने लौटु पासीलाई गैरकानूनी पक्राउ गरी थुनामा राखेको र बलपूर्वक बेपत्ता पारेको जनाउँदै पासीका परिवारले तत्काल अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा निवेदन दिएका हुन् ।

प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि गए पनि प्रहरीले उक्त जाहेरी दर्ता नगरी फिर्ता पठाएपछि अदालतमा निवेदन दिएको पीडित बुधुले बताए । उनले आफ्ना दाई लौटुसँग २०६१ साल जेठ २५ गते सोमबारका दिन अन्तिम भेट भएको र त्यसपछि बेपत्ता भएको बताउदैं तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन ।

यसैगरी रूपन्देहीको सियारी गाउँपालिका-६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको पनि डेढ दशक पुगेको छ । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमलको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा निवेदन दिएको थारुले बताए ।
उनका अनुसार रोजगारीका लागि भारत गएका कमललाई गाउँ फर्किएको केही दिनमै सादा पोशाकमा आएका नेपाली सेनाका जवानले ससुराली जान लाग्दा बाँसगढी भन्ने ठाउँबाट लिएर गएका थिए ।

तत्कालीन विद्रोही माओवादी र नेपाल सरकारबीच सम्पन्न विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने भनिएको थियो । तर, सम्झौता भएको डेढ दशक हुँदा समेत त्यो काम हुन सकेको छैन ।

सङ्क्रमणकालीन न्याय अन्तर्गत बेपत्ता व्यक्तिको छानबिन गर्न आयोग गठन भए तापनि आयोगले प्रभावकारी काम गर्न नसकेको बेपत्ता पीडित परिवारको गुनासो छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सात वर्षसम्म परिणाम दिन नसक्दा उनीहरु निराश छन् ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ५ : ४२ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र