२२ भदौ २०८३, सोमबार | September 7, 2026

मूल्यवृद्धि अचाक्ली



काठमाडौं । मुलुकको आर्थिक व्यवस्थापनमा चुनौती थपिँदै गएको तथ्यांकले देखाएको छ । नेपाल भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने अधिक हुँदा शोधनान्तर स्थितिमा झन् दबाब परेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको १० महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा छ। जबकि गत आर्वको सोही अवधिमा ७ अर्ब ७५ करोडले बचतमा थियो । चालू खाता पनि ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ । गत आवको सोही अवधिमा २ खर्ब ५१ अर्ब २९ करोड मात्रै घाटामा थियो । ‘शोधनान्तर स्थितिको दबाब कायमै रहेको, विदेशी विनिमय सञ्चितिमा पनि दबाब यथावतै रहेको र मुद्रास्फीति अचाक्ली बढेकाले समष्टिगत आर्थिक व्यवस्थापनमा चुनौती थपेको हो,’ राष्ट्र बैंंकका प्रवक्ता डा.गुणाकर भट्ट भन्छन्, ‘यद्यपि रेमिट्यान्स सामान्य अवस्थामा वृद्धि भई गत आवकै स्तरमा आएकाले झिनो आशा गर्न सकिन्छ ।’ अब मौद्रिक नीति पनि समष्टिगत आर्थिक व्यवस्थापनमा चनाखो हुने गरी ल्याउन जरुरी भएको उनले बताए ।

वैशाखमा घिउ तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अन्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदाथको मूल्य अत्यधिक बढेको छ । सो वस्तुको महँगी अचाक्ली बढेकाले समग्रमा मुद्रास्फीति चुलिएको छ । यसमध्ये पनि घिउ तथा तेलको मूल्य मात्रै २४.८६ प्रतिशत बढेको छ । यसपछि क्रमशः फलफूलको १२.६१, दुग्ध पदार्थ तथा अन्डा ११.३, दाल तथा गेडागुडीको १०.५३, र सुर्तीजन्य पदार्थको ९.७० प्रतिशतले मूल्य बढेको छ । साथै, यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१, ११.६४ र ८.२१ प्रतिशत छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा ममता थापाले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : २० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त