१४ पुस २०८२, सोमबार | December 29, 2025

हाइटेन्सन तारमा झुण्डिएका व्यक्तिको १० घण्टा पछि सकुशल उद्दार



काठमाडौं । नुवाकोट ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झुण्डिएका व्यक्तिको ११ घण्टापछि सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर बेलकोटगढी नगरपालिका १३ का प्रेमबहादुर (माईला) विकलाई उद्दार गरिएको हो ।

प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले जति प्रयास गर्दा पनि नसकेपछि नेपाली सेनाको हेलिकोप्टरको प्रयोग गरी बिकको उद्दार गरिएको हो । सेनाका जवानले टावरबाट चढेर प्रेमबहादुरलाई ओरालेको बताइएको छ ।

नुवाकोटकै बेलकोटगढी गाउँपालिका १३ घलेगाउँका विक आज बिहान १० बजे विद्युत पोलहुँदै नाङ्गो तारमा पुगेका थिए । यसबीचमा प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले गरेको आग्रह इन्कार गर्दै उनी तारमै झुण्डिएर बसेका थिए । प्रेमबहादुर तारमा झुण्डिएर बसेकाले १९ घण्टा त्रिशुली थ्रीए जलविद्युय आयोजनाको उत्पादन बन्द भएको थियो ।

प्रहरीको आग्रहमा दिउँसो एकछिन उत्रिएपनि उनलाई आश्वासन दिइृएको मासुभात बोकेर बिक पुनः टाव।मा चढेका थिए । उनी मानसिकरूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ३८ बजे

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये

भदौ २३ को नैतिक जिम्मेवारी लिन्छु, २४ गतेको घटना नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ