२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

बुटवल बस्तीमाथिको विद्युत हाइटेन्सन व्यवस्थापन गर्न प्राधिकरणसँग माग



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्र बस्तीमाथि रहेको विद्युत हाइटेन्सन तार व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौंस्थित प्राधिकरणको कार्यालयमा भेटघाट गर्दै प्रमुख पाण्डेयले बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्तीबाहिर सार्न आग्रह गरे ।

‘लामो समयदेखि बुटवलको बस्तीमाथिको हाइटेन्सन तारले बस्तीलाई जोखिममा पारेको छ, कतिपय स्थानमा दुर्घटना हुने गरेका छन्, प्रमुख पाण्डेयले घिसिङको ध्यानाकर्षण गराउँदै भने–’बस्तीमाथिको तार बस्तीबाहिर सार्नका लागि प्राधिकरणले योजना ल्याओस्, हामी सहयोग गर्न तयार छौं ।’

नगरप्रमुख पाण्डेयले बुटवलमा शहरीकरण बढ्दै गएकोले खुला विद्युत तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराए ।

‘बुटवलको बढ्दो शहरीकरणलाई ध्यानमा राखेर प्राधिकरणले भूमिगत रुपमा विद्युत वितरण गर्ने र व्यवस्थित गर्नेतर्फ पनि योजना अघि बढाउनुपर्छ, उनले भने–’जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्न मेरो अनुरोध छ ।’

नगरप्रमुख पाण्डेयले बुटवलमा उच्च क्षमताका सडक बत्ती राख्न बुटवल उपमहानगरपालिकाले तयारी गरेकाले सहयोग गर्नका लागि प्राधिरणका प्रबन्ध निर्देशक घिसिङलाई आग्रह गरे ।

भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्तीमाथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाएको घिसिङलाई उदेढ गर्दै नगर प्रमुख पाण्डेले बताए ।

पाण्डेका अनुसार सघसुङले पाल्पामा सब स्टेशन निर्माण भएपछि बुटवलमा तार व्यवस्थापन र भूमिगत तारको लागि काम अघि बढाउनका लागि योजना ल्याउने विश्वास दिलाएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : १४ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३