२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य, भएको के थियो ?



काठमाडौं । अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ ।

कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्न पुगेका थिए । उनी लडेसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ उठाउन पुगेका थिए । तर, उनी अचेत भइसकेका थिए ।

सोही समयमा नेपालले कुवेतसँग दोस्रो गोल खान पुगेको थियो । खेलको ४८ औं मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड्न पुगेका थिए । सोही मुमेन्टमा कुवेतले दोस्रो गोल गरेको थियो । गोललगत्तै खेल करिब ४ मिनेट रोकिएको थियो । यसपछि प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको हो ।

हाल उनको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले बताएका छन् । एक दिन अस्पताल राखेर सामान्य चेकजाचपछि होटल फर्काइने बताइएको छ ।

मुटुमा समस्या रहेका अब्दुल्लाह केही दिनदेखि आफ्नो स्वास्थ ठिक नभएको बताउँदै आएका थिए ।

दोस्रो खेलमा नेपाल ४-१ अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम खेल नेपालले ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । सो खेलमा भने प्रशिक्षक अब्दुल्लाह टेक्निकल एरियामा बस्न पाउँदैनन् । दुई खेलमा लगातार पहुँलो कार्ड प्राप्त गरेका कारण उनी निलम्बनमा हुनेछन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ४५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले