४ पुस २०८२, शुक्रबार | December 19, 2025

श्रमिकको हकअधिकारबारे बजेटमा केही छुटेका भए कुनै न कुनै रूपमा सम्बोधन हुन्छः प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।

काठमाडौंमा आइतबारदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा देउवाले विभिन्न विषयमा कांग्रेस नेता कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन् ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’ उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने विश्वास दिलाए । सम्मेलन सोमबारसम्म चल्ने छ ।

उनले २००३ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा स्थापित नेपाल ट्रेड युनियन महासंघले श्रमिकका हकअधिकारबारे धेरै काम गरेको बताए । देउवाले अहिलेको आर्थिक परिस्थिति रुस-युक्रेन युद्धले सिर्जना गरेकोसमेत बताए ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ४ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको