२० बैशाख २०८१, बिहिबार | May 2, 2024

चीन-भारत सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता



बेइजिङ । दुई देशबीचको सीमामा शान्ति कायम गर्न चीन र भारतले अहिलेसम्म कमाण्डर स्तरमा १५ चरणको वार्ता गरिसकेका छन् । तर, पनि दुई देशका सीमामा अशान्ति बढ्दो छ ।

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन् । उनले दुवै देशले वास्तविक नियन्त्रण रेखामा शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएका हुन् ।

सिंगापुरमा आयोजित सांग्रिला संवादमा सम्बोधन गर्दै फेङ्गले यस क्षेत्रमा शान्ति कायम गर्नु भारत र चीन दुवैको आपसी हितमा रहेको र त्यसका लागि दुवै पक्ष सहमतिमा पुग्न निकै प्रयासरत रहेको बताए ।

एलएसीमा भएका द्वन्द्वबारे रक्षामन्त्री फेङ्गले भने, ‘हामीले भारतीयहरूसँग कमाण्डर स्तरमा १५ चरणको वार्ता गरेका छौं । हामी यस क्षेत्रमा शान्ति स्थापना गर्न मिलेर काम गरिरहेका छौँ ।’ तर, फेङ्गले चीनले आफ्नो क्षेत्रमा भारतीय स्वामित्वका हतियार फेला पारेको दाबी गर्दै भारतले सीमापार मानिससमेत पठाएको आरोप लगाए ।

‘ हामीले भारतीय पक्षको स्वामित्वमा रहेका धेरै हतियार फेला पारेका छौं । उनीहरूले मानिसहरूलाई चिनियाँ भूभागमा पनि पठाएका छन्’ फेङ्गले भने । इन्डो प्यासिफिक क्षेत्रमा उसको सक्रियतालाई लिएर उनले अमेरिकाको समेत आलोचना गरे ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : २२ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य