१८ माघ २०८२, आइतबार | February 1, 2026

अमेरिका भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग जानकारी माग्ने संसदीय समितिको निर्णय



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको आसन्न अमेरिका भ्रमणबारे संसदीय समितिले चासो राखेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठममा सांसदहरुले अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने योजना बनाएको भन्दै नेपाल सरकारले पारदर्शी ढंगले यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् ।

अमेरिकाले प्रधानमन्त्री र प्रधानसेनापतिको अपारदर्शी भ्रमण आयोजना गरेर नेपाललाई दबाब दिन लागेको शंका व्यक्त गर्दै यसबारे सरकारले जवाफ दिनुपर्ने धारणा राखेपछि संसदीय समितिले भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको छ ।

असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर अमेरिका भ्रमणबारे जानकारी लिने निर्णय भएको समितिका सभापति पवित्रा निरौला खरेलले बताएकी छिन् ।

त्यसअघि असार ३ गते बस्ने समितिको बैठकमा नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बैठकमा उपस्थितिका लागि पत्राचार गरिने खरेलले जानकारी दिइन।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ११ : १३ बजे

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार