२० मंसिर २०८२, शनिबार | December 6, 2025

अमेरिका भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग जानकारी माग्ने संसदीय समितिको निर्णय



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको आसन्न अमेरिका भ्रमणबारे संसदीय समितिले चासो राखेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठममा सांसदहरुले अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने योजना बनाएको भन्दै नेपाल सरकारले पारदर्शी ढंगले यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् ।

अमेरिकाले प्रधानमन्त्री र प्रधानसेनापतिको अपारदर्शी भ्रमण आयोजना गरेर नेपाललाई दबाब दिन लागेको शंका व्यक्त गर्दै यसबारे सरकारले जवाफ दिनुपर्ने धारणा राखेपछि संसदीय समितिले भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको छ ।

असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर अमेरिका भ्रमणबारे जानकारी लिने निर्णय भएको समितिका सभापति पवित्रा निरौला खरेलले बताएकी छिन् ।

त्यसअघि असार ३ गते बस्ने समितिको बैठकमा नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बैठकमा उपस्थितिका लागि पत्राचार गरिने खरेलले जानकारी दिइन।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ११ : १३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय