२७ माघ २०८२, मंगलबार | February 10, 2026

एमालेले संसदमा माग्यो अर्थमन्त्रीको राजीनामा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ ।

बजेट निर्माणका सिलसिलामा अर्थमन्त्रालयमा विचौलिया प्रवेश गराएर अर्थमन्त्री शर्माले राजस्वको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले उनको राजीनामामा मागेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले सचिव एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले राजीनमा दिनुपर्ने माग गरे । करका दर हेरफरेर गर्न अनधिकृत मान्छे हुलेर शर्माले राज्य विरुद्ध अपराध गरेको जिकिर गर्दै पाण्डेले नैतिकताको हिसाबमा राजीनामा दिनुपर्ने माग गरे ।

पाण्डेले आफ्नो सांसदले सोमबार पनि यसबारे प्रतिनिधिसभा बैठकमै गम्भीर ध्यानाकषर्ण गराए पनि अर्थमन्त्रीले जवाफ नदिनु आपत्तिजनक भएको जनाए । उनले भने ‘करका दरहरु तलमाथि गरेकोबारे सांसदहरुले हिजो पनि कुरा राखेका थिए। बजेट बन्नुभन्दा एकदिन अगाडि अर्थमन्त्रालयका कर्मचारीबाहेक कसैलाई प्रवेश दिइँदैन। तर दुई दुई जना अनधिकृत मान्छे हुलेर गडबडी गरिएको रहेछ।’

पाण्डेले करका दरहरु हेरफेर गरेर ८६/८७ अर्ब कमाउने उद्योगहरुलाई टाट पल्टाउन खोजिएको आरोप लगाए । उनले भने, ‘यो बजेटमा सामान निर्यात गरेर ८६र८७ अर्ब कमाउने उद्योगहरुलाई टाट पल्टाउन खोजिएको छ। स्यानिटरी प्याडबारे मैले हेरेँ। नेपालका उद्योगहरुलाई सुकाउन साढे ७ प्रतिशत कर लगाइएको छ।’

पाण्डेले गम्भीर प्रश्न उठिसकेपछि अर्थमन्त्री त्यो पदमा बस्न नहुने धारणा राखे । उनले प्रधानमन्त्री समेत यति गम्भीर कुरामा जवाफदेही बन्नुपर्ने बताए ।

कर हेरफेरबारे अर्थमन्त्रीले जवाफ नदिएसम्म बजेटमाथि अर्थमन्त्रीको जवाफ सुन्ने नियमित कार्यसूची अघि बढ्न नसक्ने पाण्डेले चेतावनी दिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : ०२ बजे

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका

नवलपुर-२ का मतदाता भन्छन् : चुनावी बाचा अझै अधुरै छन्

नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६