१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

एसपीपी सम्झौताबाट पछि हटे प्रधानमन्त्री देउवा



काठमाडौं । अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् ।

१० बुँदे प्रस्तावित सम्झौतामामा नेपाली सेनाको रिर्जभेसन भएपछि तत्कालका लागि सो विषय अगाडि नबढ्ने भएको छ । यदि सो सम्झौतामा हस्ताक्षर भएको भए नेपालको जुनसुकै भागमा अमेरिकी सेना परिचालित गर्ने अधिकार हुने थियो । एसपीपीको विषयमा राजनीतिक वृतमा तरंग देखिएपछि प्रधानमन्त्री देउवाले मुलुकको हितविपरीत कुनै सम्झौता नगर्ने बताएका छन् ।

सात वर्षअघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । पछिल्लो समय पुनः अमेरिकाले सैन्य समझदारीपत्रमा हस्ताक्षर गर्न प्रस्ताव ल्याएको भन्दै विवादमा आएको हो । यसअघि सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । यसअघि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यक्रम’ नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । त्यतिबेला अमेरिकाले नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि राजीतिक रूपमै प्रस्ताव गरेको थियो ।

प्रधानसेनापति क्षत्रीका उत्तराधिकारीका रूपमा सन् २०१८ सेप्टेम्बरमा पदवहाली गरेका पूर्णचन्द्र थापासँग पुनः अमेरिकी सैनिक अधिकारीले एसपीपी सम्झौता ‘पेन्डिङ’ रहेको भन्दै हस्ताक्षरका लागि जोड दिएका थिए । यद्यपि थापाले सो’ सकारात्मक जवाफ दिएनन् । प्रधानसेनापति थापा सकारात्मक नदेखिएपछि अमेरिकाले रक्षामन्त्रालयमार्फत एसपीपी सम्झौताका लागि ताकेता गरेको थियो ।

सन् २०१९ डिसेम्बरमा नेपाल भ्रमणमा आएका इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षा मामिला हेर्ने अमेरिकी सहायक रक्षामन्त्री ¥यान्डल स्राइभरले तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलसँग एसपीपी छिटो टुंग्याउन आग्रह गरे । त्यसपछि एसपीपीको ’ मा के गर्ने भन्ने विषयमा रक्षा, परराष्ट्र र नेपाली सेना सम्मिलित एक अध्ययन समिति बनाएको थियो । तर, अध्ययन समितिले प्रतिवेदन नबुझाउँदै यो विषय उत्तिकै टुंगियो ।

सन् २०१८ डिसेम्बरमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रमणपछि अमेरिकी विदेश मन्त्रालयले निकालेको वक्तव्यमा ‘इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपालको केन्द्रीय भूमिका’ छलफल भएको’ उल्लेख गरेपछि तरंग ल्याएको थियो ।

सो प्रस्तावको विषयमा यसअघि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकालाई जवाफ पठाए पनि हस्ताक्षर गर्ने विषयमा चासो देखाएको थिएन । किनकि अमेरिकाको सैन्य रणनीति ‘इन्डो प्यासिफिक स्ट्राटेजी’को हिस्साका रूपमा रहेको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी हुँदा नेपालको असंलग्न विदेश नीतिको उल्लंघन हुने बुझाइ ओली सरकारको थियो ।

अमेरिकाले सन् १९९३ मा पहिलोपटक स्टेट पार्टनरसिप कार्यक्रम अघि सार्दै आएको छ । तत्कालीन सोभियत संघअन्तर्गत रहेका सोभियत संघ नेतृत्वको सैन्य गठबन्धन वार्सा प्याक्टमा हस्ताक्षर गरेका मुलुकसँग अमेरिकाले स्टेट पार्टनरसिप सम्झौता गरेको थियो । ती देशमध्ये १७ वटा अहिले पश्चिमा देशको दबदबा रहेको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा आबद्ध छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ७ : २६ बजे

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको

टी-२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका सुपर-८ बाट बाहिरियो

काठमाडौं। घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन

निर्वाचन आउन ७ दिन बाँकी : कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा