८ बैशाख २०८१, शनिबार | April 20, 2024

एसपीपीबारे सरकारको प्रष्टीकरण – एसपीपी कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौं



काठमाडौं । नेपालले अमेरिकी स्टेट पार्टनरशीप कार्यक्रम एसपीपी अघि नबढाउने निर्णयबारे अमेरिकालाई पत्राचार गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी कार्यान्वयन नगर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार अमेरिकालाई पत्राचार गरेको जानकारी गराएका हुन् ।

सांसदहरुले एसपीपी कार्यान्वयनको पत्र नपठाइएको बारे संशय व्यक्त गर्दै सरकारको जवाफ माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एसपीपी स्थगितबारे अहिलेसम्म भएको कार्यान्वयन प्रक्रियाबारे संसदलाई जानकारी गराउन रुलिङ गरेका थिए ।

मन्त्री खड्काले भने, ‘परराष्ट्र मन्त्रालयलले यसलाई कार्यानवयन गरिसकेको जानकारी गराउँछ । साउन ९ गते अर्थात २५ जुलाई २०२२ कुटनीतिक माध्यमबाट एसपीपी अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको जानकारी गराउन चाहन्छ ।’ उनले अमेरिकी सरकार समक्ष कुटनीति माध्यमबाट जानकारी गराइसकेको बताए ।

खड्काले आन्तरिक परामर्श आवश्यक भएकाले यो पत्राचार हुन केही समय लागेको परराष्ट्रमन्त्री खड्काले जानकारी गराए । उनले स्वतन्त्र परराष्ट्र नीतिमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट भएको बताउँदै सरकारको निर्णयमा संशय व्यक्त नगर्न आग्रह गरे ।

राष्ट्रसंघको बडापत्र असंलग्नता स्वतन्त्र परराष्ट्र नीति कार्यन्वयन गर्न सक्षम रहेको उनले बताए ।

सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रहितविरीत कुनै पनि सन्धि सम्झौता नहुने खड्काको प्रतिबद्धता छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ०० बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन