६ श्रावण २०८३, बुधबार | July 22, 2026

नारायणगढ-मुग्लिन सडक : एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै



भरतपुर । नारायणगढ-मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो ।

तर अहिले दिनहुँजसो नै उक्त सडक खण्ड पहिरोले अवरुद्ध हुने गरेको छ । वर्षामा हिले पहिरो र हिउँदमा सुक्खा पहिरोको जोखिम अरू बढेको छ । पाँच वर्षदेखि नारायणगढ-काठमाडौँ माइक्रो चलाइरहेका चालक रवि मोक्तान नारायणगढ-मुग्लिन सडकका ठाउँठाउँमा हिउँद वर्षा जतिबेला पनि जोखिम रहेको बताए । उनले आँखा अगाडि सवारीसाधन पुरिएको स्मरण गरे ।

उनको भनाइलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कले पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन विष्टले उक्त सडकमा दुई वर्षमा चारवटा सवारीसाधन पहिरोले पुरिएको जानकारी दिए । “पहिरोले जाम मात्रै हैन सतर्कता नअपनाउँदा सवारीसाधन नै पुरिने जोखिम बढ्दो छ”, उनले भने ।

उक्त सडक खण्डमा दैनिक १० हजारको हाराहारीका सवारीसाधन र त्यसमा यात्रा गर्ने लाखौँ यात्रु यात्रा गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका सहायक हवल्दार घनश्याम चौधरीका अनुसार गत साउनदेखि अहिलेसम्म उक्त सडकमा २० पटक पहिरो झर्दा १०१ घण्टा सडक अवरुद्ध भएको छ ।

नारायणगढ-मुग्लिन सडक खण्ड स्तरोन्नति भई २०७५ साउन ४ गते डिभिजन सडक कार्यालय भरतपुरलाई हस्तान्तरण भएको हो । त्यसयताको दुर्घटनाको तथ्याङ्क हेर्दा सञ्चालनमा आएको अघिल्लो वर्षभन्दा स्तरोन्नति भएर सञ्चालन भएको वर्ष बढेको देखिन्छ । आव २०७४/७५ मा ५१ वटा दुर्घटना भएकोमा आव २०७५/७६ मा ५५ वटा भएका छन् । ती दुर्घटनामा मृतक भने दुवै वर्ष २८ रहेका छन् । त्यसपछिका हरेक वर्ष दुर्घटना बढ्दो छ । आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले यो समाचार छन ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ७ : ३१ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ