५ माघ २०८२, सोमबार | January 19, 2026

बजेट आश्रित तीनवटा विधेयक राष्ट्रिय सभाबाट पारित, प्रतिनिधिसभामै फिर्ता



काठमाडौं । राष्ट्रिय सभाले बजेट आश्रित तीनवटा विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत [२५औं संशोधन] विधेयक, २०७९ बहुमतले पारित गरेको हो । पारित गरेसँगै उक्त विधेयक प्रतिनिधिसभामा पठाइएको छ ।

उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले पारित गरेर फेरि प्रतिनिधिसभामै सन्देशसहित विधेयक फिर्ता पठाएको हो ।

अब प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितका उक्त विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि प्रमाणीकरणका लागि उक्त विधेयक राष्ट्रपतिकहाँ पठाइन्छ ।

प्रतिनिधिसभाको बैठक २० असारमा बोलाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : २३ बजे

रमेश मल्ललाई बनायो नेकपाले सल्यानको उम्मेदवार

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा नेपाली कम्युनिस्ट

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका

विविधतामै नेपालको राष्ट्रिय एकताको आधार रहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

सुनचाँदीको मूल्यवृद्धिमा नयाँ कीर्तिमान, तोलाको दुईलाख ८२ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै

बब्लु गुप्ताले दिए मन्त्रीपदबाट राजीनामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न युवा तथा खेलकुदमन्त्री बब्लु