२ चैत्र २०८२, सोमबार | March 16, 2026

नेपालगन्जका मेयर विष्टले शनिबार सरकारी गाडी नचढ्ने, महिनाको १ गते ईन्धनयुक्त गाडी प्रयोग नगर्न नगरबासीलाई आग्रह



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शनिबार सरकारी गाडी नचढ्ने नीतिलाई कार्यान्वयनमा ल्याएका छन् । अविरल वर्षले जलमग्न भएको नेपालगन्जका बिभिन्न टोलहरुमा स्कुटीमा चढेर पुगेका नगरप्रमुख विष्टले शनिबार सरकारी गाडी प्रयोग नगर्ने घोषणालाई कार्यान्वयनमा ल्याएका हुन् ।

वर्षाका कारण ढल थुनिएर जलमग्न भएका टोलहरुमा मेयर विष्ट आफ्नै स्वकीय सचिव सुबोध वर्माको स्कुटी पछाडि बसेर पुगेका थिए । थनिएका स्थानहरुमा पुगेका मेयर विष्टले कतिपय स्थानहरुमा सरसफाई कर्मचारीहरुसाग् ढल सफा गर्न तम्सेको थिए ।

खबरकुरासँग कुरा गर्दै नगरप्रमुख विष्टले शनिबार आफुपनि सरकारी गाडी नचढ्ने र कर्मचारी र पदाधिकारीलाई पनि सरकारी गाडी प्रयोग गर्न नदिने घोषणा गरे । उनले प्रत्येक महिनाको १ गते नेपालगन्जमा ईन्धनयुक्त सवारी प्रयोग नगर्ने अभियान शुरु गर्ने प्रयन्त थालिएको जानकारी दिँदै आगामी १ गतेबाट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले ईन्धनयुक्त सवारी प्रयोग नगर्ने जनाए । विश्वब्यापी आर्थिक मन्दी र नेपालमा दिनप्रतिदिन बढ्दै गएको ईन्धनको मुल्यलाई ध्यानमा राखेर महिनामा १ दिन ईन्धन प्रयोग नहुने सवारी प्रयोग गर्न थालिएको उनले बताए ।

नगरप्रमुख विष्टले १ गते सम्भव भएसम्म पैदल नभए साईकल वा ईन्धन प्रयोग नहुने सवारी प्रयोग गर्न नगरबासीलाई आह्वान पनि गरे । ‘महिनाको एक दिन पेट्रोलियम पदार्थबाट चल्ने सवारी नचढेर पनि देशको केही मुद्रा बचत गर्न सकिन्छ भनेर यो अभियान थालेका छौं ।’ उनले भने ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ५८ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५