२ चैत्र २०८२, सोमबार | March 16, 2026

नेपालगन्ज न्युरोडको मध्यखण्ड अव भानु चोकमा परिणत, चोकमा भानुभक्तको शालिक अनावरण



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडको एक खण्डलाई भानुभक्त चोक नामाकरण गरिएको छ । चोको नामाकरण सहित न्युरोडको मध्य खण्डमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक शनिबार अनावरण समेत गरिएको छ ।

नयाँ नामाकरण गरिएको भानु चोकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच आदिकवि भानभक्त आचार्यको शालिक अनावरण गरेका छन् । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य हरिप्रसाद तिमिल्सिना, लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बि टुका पुर्व गर्भनर सेम शाक्य, शालिक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख रुपैयाँको लागतमा उक्त शालिक निर्माण गरेको हो । भानुपार्कको डिजाईन इन्जिनीयर प्रदिप भण्डारीले गरेका हुन् भने भानुभक्तको मुर्ति मुर्तिकार महेश तुलाधरले निर्माण गरेका हुन् । अनावरणको अवसरमा डिजाईनर र मुर्तिकार द्वय भण्डारी र तुलाधरलाई सम्मान गरिएको थियो ।

शालिक निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी समाजसेवी स्वर्गिय दामोदर आचार्यले ब्यक्तिगत रुपमा सबैभन्दा बढी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जी, नेपालगन्ज २ का तत्कालिन वडाअध्यक्ष सुनिलसिंह हमाल, संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको आर्थिक सहयोगमा भानुभक्तको मर्तिर पार्कको निर्माण भएको क्लवका अध्यक्ष शिवप्रसाद दाहालले बताए । चोक र पार्कको शिलान्यास प्रदेश सरकारका मन्त्री सरेन्द्र हमालले गरेका थिए ।

 

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ३३ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५