१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पानीको स्रोत संरक्षण गर्दै अभिलेख राखिने



काठमाडौं । जल तथा ऊर्जा आयोगले देशभरको पानीको अभिलेख राख्ने भएको छ ।

आयोगले देशभर कुन क्षेत्रमा कति र कस्तो पानी उपयोग भइरहेको छ भनेर एकीकृत रूपमा अभिलेख राख्ने भएको हो ।

खानेपानी, सिँचाइ, मत्स्यपालन, जलविद्युतलगायत क्षेत्रमा उपयोग हुने पानीको अभिलेख राख्दै प्राथमिकताका आधारमा आयोगले अनुमति दिने जनाइएको छ ।

ऊर्जा आयोगको सचिवालयले जलस्रोत व्यवस्थापन तथा सेवासम्बन्धी कार्यशाला आयोजना गरी अभिलेख राख्ने विषयमा छलफल गरेको हो ।

आयोगले समष्टिगत रूपमा पानीको अभिलेख राख्नेगरी नीति बनाउन विभिन्न विज्ञ सम्मिलित समूहसमेत गठन गरेको छ । पानी र जलवायु परिवर्तनका विषयमा संघ, प्रदेश र स्थानीय तहमा जलाधार व्यवस्थापनका लागि आयोगले पहल गर्ने बताइएको छ ।

पानीको स्रोत संरक्षणका लागि स्थानीय तहलाई जिम्मेवारी दिने, खोला, नदीनाला, वातावरण बचाउन जोड दिइने भएको छ ।

तीनै तहका सरकारले संविधानले दिएको अधिकारबमोजिम समन्वय गरी जलस्रोत संरक्षण गर्ने बताइएको छ ।

जलवायु उत्थानशील जलस्रोत व्यवस्थापन र वास (पानी, सरसफाइ, स्वच्छता)लाई समावेशी बनाउन समूह गठन गरिएको छ ।

जल तथा ऊर्जा आयोग एवं खानेपानी मन्त्रालयको संयुक्त नेतृत्वमा चार विषयमा अध्ययन गर्न समूह बनाइएको छ । जल सुरक्षा, जलस्रोत व्यवस्थापनका लागि सरकारका नीति तथा योजनामा जलवायु उत्थानशीलता समावेश गर्दै जान समूह बनाइएको हो ।

पानीमा नेतृत्वदायी भूमिकाका लागि नितरन्तर बहुसरोकारवालाहरूको सहभागितामा छलफल र परामर्श गर्ने जल तथा ऊर्जा आयोगका सहसचिव कलानिधि पौडेलले बताए ।

जलवायु परिवर्तनबाट उत्पन्न भएका बाधा व्यवधान पत्ता लगाई प्राथमिकीकरण गर्ने कार्य कार्यशालामा सम्पन्न भएको सहसचिव पौडेलले जनाए ।

जल तथा उर्जा आयोगको नेतृत्वमा पानीको स्रोत संरक्षण अभियानमा विश्व जल साझेदारी ९जिडब्लुपी०को प्राविधिक सहायता रहेको छ ।

जलस्रोत व्यवस्थापनमा आइपर्ने समस्यामा छलफल गर्न चारवटा समूह निर्माण गरिएको छ । चारवटै समूहले नीति, संस्था, तथ्यांक र क्षमता गरी चारवटा नै मुख्य समस्या देखाएकाले त्यस विषयमा बृहत् छलफल गर्ने भएको सहसचिव पौडेलले जानकारी दिए ।

समूहले छुट्टाछुट्टै छलफल गरी व्यावहारिक रणनीति बनाउने बताइएको छ । समूहले बनाएको रणनीतिलाई सरकारले क्रमशः आन्तरिकीकरण गर्दै जाने अपेक्षा गरिएको छ ।

समूहले सम्बन्धित सरोकारवालासँग छलफल गरी क्षमता विकास र स्थानीय विकासमा अपनत्वको भावना जागृत गराउने उद्देश्य लिइएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : ५७ बजे

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना