२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड



बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन सुरु भएको छ । सम्मेलनमा सामाजिक न्यायको पक्षमा पत्रकारिताका लागि जोड दिइएको छ ।

सम्मेलनमा शनिबार पहिलो दिनको पहिलो सेसनमा सहभागी प्रतिनिधिहरुले पत्रकारिताको भविष्य हिजो, आज र भोली पनि रहेको बताए । उनीहरुले जस्तोसुकै चुनौती आए पनि पत्रकारिताको भविष्य रहेको बताएका हुन् ।स्थानीय मिडिया कसरी बचाउने सम्बन्धी छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा दैनिकका प्रधान सम्पादक/सञ्चालक डा. बालकृष्ण चापागाईंले समाज रहेसम्म पत्रकारिता रहिरहने बताए । उनले जस्तोसुकै चुनौति आए पनि पत्रकारिताको भविष्य रहेको बताए ।

लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलमले सञ्चार क्षेत्र मात्र नभइ आर्थिक संकटका कारण धेरै क्षेत्र प्रभावित भएको बताए । उद्योग-व्यवसाय आफै थला परेकोले पनि मिडियामा विज्ञापनको अभाव रहेको उनले बताए ।
ग्लोबल सञ्चार गृहका प्रबन्ध सम्पादक गौतम भुसालले अब धेरै होइन, थोरै र राम्रो मिडिया हाउसहरु आवश्यकता रहेकोमा जोड दिए । उनले स्थानीय मिडिया संकटमा रहेको बताए । यसैगरी रेडियो मुक्तिको स्टेशन म्यानेजर कल्पना तिवारीले मिडियालाई सेवामूलक उद्योगको रुपमा अगाडि बढाउन लागि रहेकोमा जोड दिइन् । उद्योगी–व्यवसायी र स्थानीय सरकारले मिडियालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । लुम्बिनीखबरका सम्पादक/सञ्चालक कमल रायमाझीले मिडिया सञ्चालनमा चुनौती भए पनि चुनौतीलाई अवसरको रुपमा बदल्न आवश्यक रहेको बताए । उनले मिडियाभित्र पनि केही समस्या रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकार कपिल ज्ञवालीले गरेका थिए ।

स्थानीय सरकार, के गर्दैछन्, के गर्नुपर्छ भन्ने विषयमा आयोजित छलफल कार्यक्रममा बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्यालले उपमहानगरपालिकाले गरेका कतिपय काम नागरिकलाई चित्त नबुझ्न सक्ने बताइन । उनले सबै कुरा वार्ता र छलफलकै माध्यमबाट समाधान हुन सक्ने धारणा राखिन् ।

त्यस्तै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले काम गर्ने क्रममा धेरै कानूनी जटिलता रहेको बताए । उनले नगरपालिकामा कर्मचारीको अभाव र स्थानीय स्रोत अत्यन्तै कम रहेको बताए । ‘खुल्ला रुपमा हाम्रो एकल अधिकार प्रयोग गर्न पाएका छैनौं ।’-उनले भने, ‘अशिक्षा, गरीबीकाविरुद्ध लडिरहनुपरेको छ ।’ नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्वअध्यक्ष डी.आर. घिमिरेले मिडियाले समस्याको उठान गरिरहनुपर्नेमा जोड दिए । उनले आलोचनाबाट डराउन नहुने बताए ।उक्त कार्यक्रमको सहजीकरण पत्रकार महासंघ, रुपन्देहीको उपाध्यक्ष अस्मिना पाण्डेले गरेका थिइन ।

‘कसरी उभो लाग्छ उद्योग व्यवसाय ?’ शिर्षकको छलफलमा उद्योग-व्यवसाय फस्टाउने नीतिनियम बनाउनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन् । उनीहरुले उद्योग-व्यवसाय सञ्चालनमा थुप्रै अवरोध रहेको बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्यम गर्नका लागि धेरै अवरोधहरु रहेको बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले राष्ट्रिय उत्पादनले प्राथमिकता पाउन नसकेको बताए । उनले काठ पनि तेस्रो मुलुकबाट आयात भइरहेको बताए । नीतिगत क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले निजी क्षेत्रको कुरा राज्यले सुन्न नचाहेको आरोप लगाए । उनले कच्चा पदार्थमा भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिए । रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योग-व्यापारको सम्बन्ध नङ र मासुको जस्तो भएको बताए । उनले सरकारको नीति व्यवसायमैत्री हुन नसकेको बताए । उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष लोकनाथ पन्थीले राज्यका नीतिनियम ठीक हुनुपर्ने बताए । उनले उद्योगी-व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण पत्रकार रेखा भुसालले गरेकी थिइन् ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ९ : ४० बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु