३० बैशाख २०८३, बुधबार | May 14, 2026

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी



बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार वैशाख २४ गते बिहीबार बुटवलमा बृहत् विरोध प्रदर्शन गरिनेछ । प्रदर्शनका क्रममा राजमार्ग चौराहाबाट सुरु हुने ¥याली मिलनचोक-अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेर कोणसभामा परिणत हुनेछ । त्यसपछि जिल्लाका स्थानीय तह तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको उनले जानकारी दिए ।

संयोजक पौडेलले सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि जनाउँदै आवश्यक तयारी र संवादबिना सुकुम्बासीलाई विस्थापित गर्न खोजिएको आरोप लगाए । उनले विगतमा नापजाँच भइसकेका जग्गाको लालपुर्जा तत्काल उपलब्ध गराउन माग गर्दै राज्यले ‘डोजर आतंक’ मच्चाएको आरोपसमेत लगाए ।

उनले सरकारसँग आफूहरू करको दायरामा आउन तयार रहेको उल्लेख गर्दै उचित विकल्पबिना हटाउन खोजिए आन्दोलन थप चर्काउने चेतावनी दिए । संविधानअनुसार मानव अधिकारको सम्मान गर्दै विकल्पसहित समाधान दिन सरकारसँग माग गरिएको छ

प्रदर्शनमा बुटवलसहित देवदह, तिलोत्तमा, सियारी र शुद्धोधनलगायत क्षेत्रबाट २० हजारभन्दा बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सहभागी हुने दाबी समितिले गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ५ : ४९ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर