२० मंसिर २०८२, शनिबार | December 6, 2025

रोनाल्डिन्होसँग खेल्न पाउनु भाग्यशाली कुरा हो : रोहित चन्द



काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन् ।

आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै अनुभवी खेलाडी रोहितले ुजादूु हेर्दै आएको रोनाल्डिन्होसँग खेल्नु भाग्यशाली कुरो भएको बताए ।

हाल इन्डोनेसियन शीर्ष डिभिजन लिग क्लब पेर्सिक केडेरीमा अनुबन्ध भएका रोहितले गत साता रोनाडिन्हो सम्मिलित टिमसँग ‘ट्रोफियो रोनाल्डिन्हो’ नामको मैत्रीपूर्ण खेल खेलेका थिए ।

‘रोनाल्डिन्होसँग खेल्न मैदानमा उत्रन पाउनु अद्भुत अनुभव थियो,’ रोहितले लेखेका छन् । ‘मैले कहिल्यै यो हुनेछ भन्ने सोचेको थिइन । मेरा लागि, जसले सानैदेखि रोनाल्डिन्होको जादु हेर्दै आएको थिए । उसैसँग खेल्न पाउनु निकै ठूलो अनुभव र भाग्यशाली कुरा हो ।’

उक्त खेलमा नेपाली टिमका मिडफिल्डर रोहित पनि केडेरीबाट पहिलो रोजाईमा रोनाल्डिन्होको टिम रेन्स नुसनतारासँग खेलेका थिए । खेलमा रोहितको टिम पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : ५६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय