२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

रोनाल्डिन्होसँग खेल्न पाउनु भाग्यशाली कुरा हो : रोहित चन्द



काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन् ।

आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै अनुभवी खेलाडी रोहितले ुजादूु हेर्दै आएको रोनाल्डिन्होसँग खेल्नु भाग्यशाली कुरो भएको बताए ।

हाल इन्डोनेसियन शीर्ष डिभिजन लिग क्लब पेर्सिक केडेरीमा अनुबन्ध भएका रोहितले गत साता रोनाडिन्हो सम्मिलित टिमसँग ‘ट्रोफियो रोनाल्डिन्हो’ नामको मैत्रीपूर्ण खेल खेलेका थिए ।

‘रोनाल्डिन्होसँग खेल्न मैदानमा उत्रन पाउनु अद्भुत अनुभव थियो,’ रोहितले लेखेका छन् । ‘मैले कहिल्यै यो हुनेछ भन्ने सोचेको थिइन । मेरा लागि, जसले सानैदेखि रोनाल्डिन्होको जादु हेर्दै आएको थिए । उसैसँग खेल्न पाउनु निकै ठूलो अनुभव र भाग्यशाली कुरा हो ।’

उक्त खेलमा नेपाली टिमका मिडफिल्डर रोहित पनि केडेरीबाट पहिलो रोजाईमा रोनाल्डिन्होको टिम रेन्स नुसनतारासँग खेलेका थिए । खेलमा रोहितको टिम पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : ५६ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई