२० मंसिर २०८२, शनिबार | December 6, 2025

देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड



काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर संकटका संकेतहरु देखापरेको बताएका छन् ।

काठमाडौंमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका हुन् ।

‘देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरु देखापरेका छन् । सबैजसो क्षेत्रका आर्थिक सूचकाङ्कहरू नकारात्मक छन् ।

यस आर्थिक वर्षको ११ महिनाको अवस्था आयाततर्फ १७ खर्ब ६३ अर्ब र निर्यात १ खर्ब ८५ अर्ब रहेको छ । व्यापार घाटा १५ उर्ब ७ अर्ब पगेको छ भने विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दो अवस्थामा छ । पुँजीगत खर्च लक्ष्यभन्दा अत्यन्तै कम छ ।

महंगी आकासिँदो छ, जसका कारण सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनेको छ । हाम्रो अर्थतन्त्र आयातमुखी र उपभोक्तावादी रहेको छ । कोभिङ–१९ र नयाँ विश्व परिस्थितिका कारण उद्योग, व्यवसाय र रोजगारीमा गम्भीर नकारात्मक प्रभावहरु देखिएका छन्,’ प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : ३५ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय