१० पुस २०८२, बिहिबार | December 25, 2025

पदाधिकारी र स्थायी समिति गठन गर्न माओवादी केन्द्रीय सदस्यहरुको माग



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी समितिको गठन गर्नुपर्ने माग उठेको छ ।

आईतवार बसेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले आफ्ना भनाइ राखेका हुन् ।

सोमवारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताए । महराले बैठकमा सोमबार ४१ जना नेताहरुले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेका बारेमा विशेष कुरा उठेको जनाए।

उनले भने, ‘आज हामीले वहसको कार्यक्रम राखेका थियौँ । हिजो केन्द्रीय समितिको मिटिङमा अध्यक्ष कमरेड प्रचण्डले राख्नुभएको संक्षिप्त राजनीतिक प्रतिवेदनबारे आफ्नो धारणा राख्ने कमरेडहरुको आज वहसको कार्यक्रम सम्पन्न भयो । त्यसमा ४१ जना साथीहरुले भाग लिनुभएको छ । मुलभुतरुपमा कमरेडले उठाएका विषयहरुमा स्थानीय चुनावसम्बन्धी समीक्षा, त्यसपछि पार्टी निर्माणबारेका कुरामा अलि बढी केन्द्रित गरेर सबै विषयवस्तु राख्नुभयो । केन्द्रिय समितिको पदाधिकारी, स्थायी समितिको गठन गर्नुपर्छ भन्ने सुझाव राख्नुभयो । भोलि अध्यक्षले प्रतिवेदनमा स्पष्टीकरण दिनुहुनेछ ।’

प्रवक्ता महराले केन्द्रिय कमिटीको अर्को बैठक मंगलवार बस्ने र बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको स्पष्टीकरण दिने बताए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ५१ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु