३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालगन्जमा ई-रिक्सा व्यवस्थापन गर्न थालियो, साउन १५ सम्म उपमहानगरमा सूचीकृत हुनु पर्ने



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको ट्राफिक व्यवस्थापनलाई चुनौती खडा गरिदिएको ई-रिक्सा व्यवस्थापनमा उपमहानगर प्रमुख प्रशान्त विष्टले चासो देखाएका छन् । नेपालगन्ज उप महागरपालिकाले नगरभित्र सञ्चालनमा रहेका इ–रिक्साहरुलाई साउन १५ गतेभित्र सूचीकृत हुन आह्वान गरेको छ ।

ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासंग आज गरिएको छलफल लगत्तै उपमहानगरले साउन १५ गतेभित्र सबै ई-रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय सूचना जारी गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग गरेको छलफलमा नगरमा सञ्चालित इ–रिक्साहरुको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा आफ्नो धारणा राख्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले नागरिकले दुःख नपाउने गरी ई–रिक्साहरुको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने बताए । ‘नेपालगन्ज उपमहानगरपालिका एक्लैले गर्न सम्भव छैन, यसमा सबै सरोकारवालाहरुको भूमिका आवश्यक छ,’ नगर प्रमुख विष्टले भने–‘जनताले दुःख नपाउने गरी ट्राफिक व्यवस्थापनमा कठोर बन्नुपर्ने जरुरी भइसकेको छ ।’

विष्टले ट्राफिक व्यवस्थापनका विषयमा गम्भीर हुन आवश्यक रहेको बताउँदै अब समिति बनाएरै यसबारे विस्तृत अध्ययन गर्ने र विभिन्न विकल्पहरुमा छलफल गरी समाधानका उपाय निकालिने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले ई.रिक्सा नगरको ठूलो समस्याको रुपमा रहेको बताउँदै निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चार पाङ्ग्रे र तीन पाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताब गरे । उनले ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिकासमक्ष लिखित प्रस्ताब पेश गरेका थिए ।

नेपालगन्जमा नगर बाहेक सिमा जोडिएका पालिका र भारतबाट समेत ई-रिक्सा ल्याएर संचालन हुने गरेको छ ।

छलफलमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी , महासचिव चिरञ्जिवी ओली, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंह, नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी, ठेला एवम् इ–रिक्सा सम्बद्ध विभिन्न युनियनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपालगन्ज उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख विरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका