१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

अझै बन्न सकेन ‘होल्डिङ सेन्टर’



काठमाडौं । मुलुकमा फेरि कोभिड-१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् । कोभिड-१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्‍न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन सकेको छैन । सरकारले निर्णय गरेका आठ ठाउँमध्ये अहिलेसम्म एउटाको जग्गा प्राप्ति नै हुन नसक्दा कार्यक्रम नै रद्द गरिएको छ भने बाँकीको निर्माण कार्य अझै चलिरहेको छ ।

२०७८ वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल-भारत सीमाको विभिन्न आठ स्थानमा ‘होल्डिङ सेन्टर’ निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएको कोभिड-१९ निर्देशक समितिको बैठकमा कोरोना सङ्क्रमणको सम्भावित खतराबाट बच्न तत्कालै सीमा नाकामा ‘होल्डिङ सेन्टर’ स्थापना गर्न उनले निर्देशन दिएका थिए । यस्तो निर्देशन गत वर्षको पुस महिनामा दिइएको थियो ।

‘होल्डिङ सेन्टर’ निर्माणका लागि सेनालाई अर्थ मन्त्रालयबाट १९ करोड रुपियाँ निकासासमेत भएको थियो तर सो आर्थिक वर्षमा काम हुन नसक्दा सेनाले सो रकम फिर्ता ग(यो । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद्ले नेपाल-भारत सीमाको विभिन्न आठ ठाउँमा ‘होल्डिङ सेन्टर’ निर्माण गरेकोमा अहिले सात स्थानको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार रुपन्देहीको बेलहियामा निर्माण स्थलको व्यवस्था नभएका कारण २०७८ पुस १ गतेको निर्णयले सो ठाउँमा ‘होल्डिङ सेन्टर’ निर्माण गर्ने कार्यक्रम नै रद्द गरिएको छ ।

मन्त्रिपरिषद्ले नेपाल-भारत सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको धनगढी, झापाको काँकडभिट्टा, मोरङको विराटनगर (रानी), कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

सैनिक प्रवक्ता सिलवालका अनुसार अहिलेसम्म गड्डाचौकी ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्रको भौतिक प्रगति ९८.२ प्रतिशत, धनगढीको भौतिक प्रगति ९८.२ प्रतिशत, काँकडभिट्टाको ९८ प्रतिशत, विराटनगर (रानी)को ९८.८ प्रतिशत, कृष्णनगरको ९८ प्रतिशत, वीरगञ्जको ९१ प्रतिशत र नेपालगञ्जको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ ।

सेनाले होल्डिङ सेन्टर निर्माण गर्नेसम्मको मात्र जिम्मेवारी पाएको छ । उनका अनुसार कोभिड-१९ का सङ्क्रमितहरूका लागि क्वारेन्टाइन, आइसोलेसन तथा उपचार गर्ने गरी यो बहुउद्देश्यीय भवनको निर्माण भइरहेको छ । होल्डिङ सेन्टरमा आइसोलेसन केन्द्र, अक्सिन थेरापीसहितको अस्पतालका रूपमा समेत उपयोग गर्नसकिने गरी यस भवनको डिजाइन गरिएको छ । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : १९ बजे

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई